लक्ष्मी सनराईज बैंकले कमायो रु.३.११ अर्ब नाफा, वितरणयोग्य मुनाफा पौने २ अर्ब
काठमाण्डौ । लक्ष्मी सनराईज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२–८३ को अन्त्यसम्म ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा २३.२६ प्रतिशत कम हो । अघिल्लो आवमा बैंकले ४ अर्ब ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको नाफामा संकुचन देखिएपनि आम्दानीमा भने उल्लेख्य सुधार देखिएको छ । बैंकको खुद ब्याज आम्दानी ६.७९ प्रतिशत बढेर ११...

