मंगलवार, कार्तिक ३,२०८३ 03:36:26
  • मंगलवार, कार्तिक ३,२०८३ 03:36:26
Global IME Bank Limited

डा. जेन गुडालको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको ‘नेटिभ पकेट वृक्षारोपण’ पहल

Bizshala
डा. जेन गुडालको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको ‘नेटिभ पकेट वृक्षारोपण’ पहल
New Office

काठमाण्डौ । डा. जेन गुडालको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको ‘नेटिभ पकेट वृक्षारोपण’ कार्यक्रम सम्पन्न भएको छ । वातावरणीय दिगो विकास तथा स्थानीय जैविक विविधता सुधारको लागि एक प्रेरणादायी प्रयास स्वरूप जेन गुडाल इन्स्टिच्यूट नेपाल, लक्ष्मी सनराइज बैंक, टिका विद्याश्रम उच्च माध्यमिक विद्यालय र ‘रेभोल्युसन प्रोजेक्ट’ को सहकार्यमा काठमाण्डौको  टिका विद्याश्रम उच्च माध्यमिक विद्यालयमा २५० वटा रुखको ‘नेटिभ पकेट वन’ बनाउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।

विश्व प्रसिद्ध एथोलोजिस्ट तथा वातावरण विज्ञ डा. जेन गुडालले स्वयं यस कार्यक्रममा उपस्थिति जनाउँदै रुखप्रति आफ्नो सम्मान व्यक्त गर्दै वातावरणीय शिक्षा र दिगो विकासमा यस पहलको योगदानको प्रशंसा गरेका थिए । साथै,उनले लक्ष्मी सनराइज बैंकको वातावरणीय संरक्षणको प्रतिवद्धता र विभिन्न अभ्यासहरुको समेत सराहना गरेका थिए ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

२५० वटा रुखको नेटिभ पकेट वनको वृक्षारोपणु यावाकी प्रविधिु बाट गरिएको हो। यस प्रविधिले छोटो समयमा घना वन सिर्जना गर्दछ।यस प्रविधिले जैविक विविधता बढाउने मात्र नभएर एक दिगो हरित उद्यानको सिर्जना पनि गर्दछ । जसले स्थानीय पर्यावरणलाई फाइदा पुर्याउनुका साथै विद्यार्थीहरू तथा स्थानिय समुदायको प्रकृतिसँग दीर्घकालीन सम्बन्ध प्रोत्साहन गर्दछ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

लक्ष्मी सनराइज बैंकको आर्थिक सहयोग रहेको सो वृक्षारोपण पहलको नेतृत्व रेवोल्युसन प्रोजेक्टका विज्ञहरूद्वारा भएको थियो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.