काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ।
बैंकको वीरगंज महानगरपालिका– ६ स्थित आदर्श नगरचोकमा रहेको शाखालाई सोही महानगरपालिका–८स्थित लिंक रोड (अघिल्लो शाखा स्थानबाट करिब १ किमी उत्तरपूर्वतर्फ) स्थानान्तरण गरिएको हो। स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले आदर्शनगरमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।
स्थानान्तरणभएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरु माझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ।स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ।
हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२० एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन्।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                