सोमबार, आश्विन २६,२०८३ 02:53:45
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 02:53:45
Bizshala
Global IME Bank Limited

सामसुङ ग्यालेक्सी वाच८ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

Bizshala
सामसुङ ग्यालेक्सी वाच८ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?
New Office

काठमाण्डौ । सामसुङले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्टवाच, ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ। यो सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी, र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा जोडेको कम्पनीले जनाएको छ। दिनभरि  लगाउन मिल्ने र दैनिक स्वास्थ्यमा साथ दिने हिसाबले डिजाइन गरिएको यो वाच सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ आयाम थपेको कम्पनीले उल्लेख गरेको छ।

ग्यालेक्सी वाच८ अझ पातलो डिजाइन, ब्राइट स्क्रिन र प्रिसाइस स्वास्थ्य ट्र्याकिङका लागि अपग्रेड गरिएको बायोएक्टिभ सेनसर सहित जडित छ। यसले सुत्ने समयको सल्लाह दिने सुविधा ल्याएको छ, जसले मुटुको चाल विश्लेषण गरेर कति बेला सुत्दा बिहान ताजगीको साथ उठ्न सकिन्छ भनेर सुझाव दिन्छ। यसमा रहेको रनिंग कोचले दौडने अभ्यासमा वास्तविक समयमा सुझाव दिई प्रदर्शन सुधार गर्न सहयोग गर्छ। 

साथै, करोडेनोइड लेभल छिटो जाँच्न सकिने भएकाले स्वस्थ जीवनशैली र उमेरसँग सम्बन्धित निर्णयहरू सजिलै लिन सकिन्छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

अब जेमिनी एआईको सहायताले वाचलाई भ्वाइस कमान्ड दिएर नियन्त्रण गर्न सकिन्छ। सामसङ हेल्थ जस्ता एपहरूबाट अपडेट पाउने, मेसेज पठाउने वा व्यायाम सुरु गर्ने जस्ता सबै काम स्वाभाविक आवाज आदेशमार्फत, हात नचलाइ नै गर्न सकिन्छ। ग्यालेक्सी वाच८ले अबको स्मार्ट वाच अनुभवलाई अझ व्यक्तिगत, सहज र स्वास्थ्यकेन्द्रित बनाएको छ।

पहिलेभन्दा झनै पातलो, हलुका र हातमा सहज लाग्ने बनावटले यसलाई लामो समयसम्म लगाउन उपयुक्त बनाएको छ। यसमा प्रयोग गरिएको मेटलको फ्रेम र स्किनलाई नझ्याप्ने ब्यान्डले आरामदायक अनुभव दिन्छ। यो वाचको मिनिमलिस्ट शैली व्यायामदेखि अफिस मिटिङसम्मका सबै पहिरनमा सुहाउँछ।

 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.