शुक्रबार, श्रावण १६,२०८२ 07:13:06
  • शुक्रबार, श्रावण १६,२०८२ 07:13:06
Global IME Bank Limited

नेपाल पुनर्बीमा कम्पनीलाई शतप्रतिशत हकप्रद जारी गर्न नदिइनेः मिलेमतोमा सेयरमूल्य बढाएर बाठा भागे, सोझा हेरेको हेर्‍यै !

Hyundai Nepal
नेपाल पुनर्बीमा कम्पनीलाई शतप्रतिशत हकप्रद जारी गर्न नदिइनेः मिलेमतोमा सेयरमूल्य बढाएर बाठा भागे, सोझा हेरेको हेर्‍यै !
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा दुई पुनर्बीमा कम्पनीको सेयर निकै चर्चामा छ । विशेषतः नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी वृद्धि र हकप्रद आउने विषयले अहिले बजारमा यी दुई कम्पनीले लगानीकर्ताको ध्यान तानेको छ ।  

सेयरबजारमा हकप्रदको फण्डाले यी दुई पुनर्बीमा कम्पनीको सेयरमूल्यमा व्यापक चलखेल भइरहेको देखिएको छ । अझै नेपाल रि इन्स्योरेन्सको सेयरभाउ केही समययता व्यापक बढेको देखिन्छ ।  

गत असार १५ गतेसम्म १ हजार २०२ रुपैयाँ रहेको सो कम्पनीको सेयरमूल्य साउन १५ गतेसम्ममा १ हजार ६०४ रुपैयाँ पुगेको छ । यसरी एक महिनाको अन्तरालमै उक्त कम्पनीको सेयरमूल्य ३३.३७ प्रतिशतले बढाइएको छ । 

Muktinath Bikas Bank Limited

पछिल्लो समय बजारमा नेपाल रि इन्स्योरेन्सको कारोबार पनि ब्यापक बढेको देखिन्छ । भित्री सूचनाले नेपाल रिको इन्साइडर ट्रेडिङ समेत भएको अनुमान सहजै गर्न सकिन्छ ।  

ब्रोकर कम्पनी र केही नाम चलेका सेयर लगानीकर्ताको मिलेमतोमा नेपाल रि इन्स्योरेन्सको सेयरमूल्य बढाएर चलखेल गरिएको देखिन्छ ।  

यसैकारण केही समययता यो कम्पनमीको सेयर कारोबार पनि सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष १० कम्पनीको सूचीमा पर्दै आइरहेको छ ।  

कम्पनीले आजमात्रै चुक्तापूँजी बृद्धिकै लागि आगामी साधारण सभामा शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव राख्ने निर्णय गरेको छ ।  

कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको पूँजीको सीमा एवं कम्पनीको व्यवसाय विस्तार गर्न र अन्तराष्ट्रिय बजारमा कम्पनीको उपस्थिति बढाउन कम्पनीको चुक्तापूँजी २६ अर्ब भन्दा बढी कायम गर्नुपर्ने भन्ने व्यवस्थापनको सुझाव समेतलाई मध्यनजर गर्दै नेपाल सरकार अर्थमन्त्रालयको स्वीकृत लिई हाल कायम रहेका सेयरधनीलाई शतप्रतिशत हकप्रद शेयर जारी गरी पूँजी बृद्धि गर्ने गरी आगामी साधारणसभामा विशेष प्रस्ताव पेश गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

कम्पनीको हालको कायम चुक्तापूँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यसर्थ कम्पनीले यदि शतप्रतिशत नै हकप्रद जारी गर्ने हो भने कम्पनीको पूँजी पौने २७ अर्ब रुपैयाँ पुग्नेछ ।  

तर, कम्पनीले पूँजी बृद्धिका लागि शतप्रतिशत हकप्रद जारी गर्ने सूचना निकालिएकै दिन सेयरभाउ १.५२ प्रतिशत अर्थात् २४.६९ रुपैयाँले घटेको छ । हकप्रदमा जाने निर्णय आएकै दिन कम्पनीको मूल्य यसरी घट्नुमा व्यापक चलखेल भएको बजार जानकारहरुले अनुमान  लगाएका छन् । 

यसअघि चलखेल गरी मिलेमतोमा मूल्य बढाइएको र हकप्रदको निर्णय आएको दिन नै घट्नुलाई भित्री सूचना पाएर सेयर उठाई मूल्य उचाल्ने काम भएको र आज सेयर फालेर टाठाले नाफा बुक गरी सोझालाई भिडाउने काम भएको स्रोतहरुको दाबी छ ।

नेपाल बीमा प्राधिकरणले दुई पुनर्बीमा कम्पनीलाई आगामी माघ मसान्तसम्ममा २० अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएसँगै नेपाल रि इन्स्योरेन्सले पनि हकप्रदको बाटो रोजेको हो ।

शतप्रतिशत नै हकप्रद सेयर जारी गर्न नपाउने  

नेपाल रि इन्स्योरेन्सले चुक्तापूँजी बृद्धिकै लागि शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेपनि सो दरको हकप्रद ल्याउन नपाउने नियामकले प्रष्ट संकेत गरेको छ ।  

नेपाल बीमा प्राधिकरणका एक उच्च अधिकारीका अनुसार कम्पनीले हकप्रदबाट मात्रै चुक्तापूँजी बढाउन पाउने छैन ।  

‘पुनर्बीमा कम्पनीको चुक्तापूँजी बढाउन आवश्यक भनेको २० अर्ब रुपैयाँ हो, तर नेपाल पुनर्बीमा कम्पनीले कायम चुक्तापूँजी १३ अर्ब रुपैयाँको शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ, जुन आवश्यक भन्दा बढी हो’ ती अधिकारीले भने, ‘कम्पनीले पूँजी बढाउने प्रयोजनकै लागि हकप्रद जारी गर्न लागिएको हो भने २० अर्ब रुपैयाँ पूँजी पुर्याउन जति आवश्यक छ त्यति मात्रै हकप्रद ल्याउनुपर्छ ।’

नेपाल रि इन्स्योरेन्स सरकारी स्वामित्वको कम्पनी भएकाले सरकारको तर्फबाट शतप्रतिशत रकम थपेर पब्लिकलाई अपुग पूँजी बराबरको मात्रै हकप्रद ल्याउन दिने ती अधिकारीले बताए।

‘नेपाल रि इन्स्योरेन्स सरकारी कम्पनी भएकाले नेपाल सरकारको तर्फबाट शतप्रतिशत रकम थप भएपछि जति अपुग हुन्छ सो बराबरको मात्रै हकप्रद कम्पनीले ल्याउनुपर्छ’ ती अधिकारीले भने, ‘सरकारबाट थप भएपछि ३-४ अर्ब अपुग भएमा सो बराबरको हकप्रद कम्पनीले ल्याउन सक्नेछ ।’

साथै कम्पनीले हकप्रदबाट मात्रै तोकिएको चुक्तापूँजी बढाउन नमिल्ने ती अधिकारीले बताए । ‘कम्पनीले हकप्रदबाट मात्रै तोकेको पूँजी पुर्याउन मिल्दैन, सेयरधनीहरुलाई आर्जित मुनाफाबाट केही प्रतिशत भएपनि बोनस सेयर बाँड्नुपर्नेछ’ उनले भने, ‘नेपाल रि ले अहिले पूँजी बढाउन हकप्रदको बाटो रोजेको निर्णय मात्रै गरेको हो, असार मसान्तसम्मको ब्यालेन्ससिट हेरेर कति नाफा कमाएको छ, त्यसको आधारमा लाभांश बाँडेपछि मात्रै कति प्रतिशत हकप्रद आवश्यक छ, त्यो तय हुनेछ ।’

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.