नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहको सेयर बिक्रीमा
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूह तर्फका २१ लाख ७१ हजार ९३५ कित्ता सेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत लिलाम बिक्रीमा राखिएको छ । उक्त सेयरको प्रस्ताव न्यूनतम बोलकबोल मूल्य प्रतिसेयर रु. ४०० तोकिएको छ भने न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

