सोमबार, मंसिर ८,२०८२ 09:01:50
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 09:01:50
IME remit
Global IME Bank Limited

हिमालयन रि र नेपाल पुनर्बीमालाई २० अर्ब पूँजी पुर्याउन प्राधिकरणको निर्देशन, १५ दिनभित्र क्यापिटल प्लान पेश गर्नुपर्ने

Hyundai Nepal
हिमालयन रि र नेपाल पुनर्बीमालाई २० अर्ब पूँजी पुर्याउन प्राधिकरणको निर्देशन, १५ दिनभित्र क्यापिटल प्लान पेश गर्नुपर्ने
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले दुई स्वदेशी पुनर्बीमा कम्पनीलाई चुक्तापूँजी वृद्धि गर्न निर्देशन दिएको छ । प्राधिकरणको बोर्ड बैठकले हिमालयन रि इन्स्योरेन्स र नेपाल पुनर्बीमालाइ पूँजी वृद्धि गर्न निर्देशन दिएको हो ।  

CG Motors
New Office
Garima Development Bank

सरकारी स्वामित्वको नेपाल रि र हिमालयन रि ले अबको १५ दिनभित्र पूँजी वृद्धि योजना प्राधिकरणमा पेश गर्नुपर्ने कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । ‘लाइफ र नन–लाइफको जस्तै पुनर्बीमा कम्पनीको पनि पूँजी वृद्धि गर्नुपर्ने आवश्यक देखिएकाले हामीले १५ दिनभित्र क्यापिटल प्लान पेश गर्न निर्देशन दिएका छौं ।’  

पौडेलका अनुसार दुई पुनर्बीमा कम्पनीले एक वर्षभित्र २० अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउनुपर्नेछ । ‘अबको १५ दिनमा हिमालयन रि र नेपाल रि ले २० अर्ब पूँजी कसरी पुर्याउने भन्ने योजना पेश गर्नुपर्नेछ’ पौडेलले भने, ‘पूँजी वृद्धि गर्न हामीले १ वर्ष डेडलाइन दिएका छौं, उक्त कम्पनीहरुले हकप्रद, बोनस सेयर वा अन्य माध्मबाट पूँजी वृद्धि गर्नुपर्ने हुन्छ, तर त्यसको लागि प्राधिकरणले पूँजी वृद्धि प्रक्रिया अवलम्बन गर्नेछ ।’  

हाल सरकारी स्वामित्वको नेपाल पुनर्बीमा काम्पनीको चुक्तापूँजी १२ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ छ । साथै पब्लिक कम्पनी हिमालयन रि को चुक्तापूँजी १० अर्ब छ । प्राधिकरणको निर्देशन बमोजिम नेपाल रि ले ७ अर्ब ६८ करोड १५ लाख रुपैयाँ पूँजी वृद्धि गर्नुपर्ने देखिन्छ भने हिमालयन रि ले १० अर्ब पूँजी वृद्धि गर्नुपर्ने हुन्छ ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.