हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष निरौलाको राजीनामा स्वीकृत
काठमाण्डौ। हिमालयन रिइन्स्योरेन्स लिमिटेडका सञ्चालक समिति अध्यक्ष उदय कुमार निरौलाले अध्यक्ष तथा सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।कम्पनीको भदौ १० गते बसेको ८९औँ सञ्चालक समिति बैठकले निरौलाले व्यक्तिगत कारण देखाउँदै गत साउन २९ गते पेस गरेको राजीनामा स्वीकृत गरेको हो।

