बिहीबार, बैशाख ३१,२०८३ 06:47:05
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:47:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्राधिकरणद्वारा हिमालयन रि–इन्स्योरेन्सलाई नयाँ पुनर्बीमा कारोबार गर्न रोक

Laxmi Sunrise Bank Limited
प्राधिकरणद्वारा हिमालयन रि–इन्स्योरेन्सलाई नयाँ पुनर्बीमा कारोबार गर्न रोक
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ।  प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम कम्पनीलाई नयाँ पुनर्बीमा कारोबार नगर्न निर्देशन दिएको जनाएको हो।

प्राधिकरणको वैशाख २९ गतेको निर्णयानुसार कम्पनीलाई कम्पनीलाई आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्नयस्तो रोक लगाइएको हो ।

Bizshala
New Office
CG Motors

प्राधिकरणका अनुसार कम्पनीले पूर्वबीमा दाबी भुक्तानीसम्बन्धी दायित्व पूरा नगरेपछि यस्तो निर्णय गरिएको हो। यद्यपि, पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्य र यसअघि भए गरेका पुनर्बीमा व्यवसायका लागि रेट्रोसेसन गर्ने कार्य भने गर्न पाउने प्राधिकरणले स्पष्ट पारेको छ ।

यसअघि प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित पाँच जना उच्च व्यवस्थापन अधिकारीसँग स्पष्टीकरण मागेको थियो। कम्पनी सञ्चालनका क्रममा आर्थिक अनियमितता भएको आशंकापछि नियामकले जवाफ मागेको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit

सम्पत्ति शुद्धीकरण विभागले पनि फागुन २८ गते प्राधिकरणलाई पत्राचार गर्दै व्यवसायी दीपक भट्टसँग सम्बन्धित सेयर खरिद प्रक्रियामा ३ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी रकम दुरुपयोग भएको आशंकामा छानबिन गर्न निर्देशन दिएको थियो। उक्त रकम नेपाल पुनर्बीमा कम्पनीसहित विभिन्न कम्पनीको सेयर खरिदमा प्रयोग भएको आशंका गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.