बिहीबार, बैशाख ११,२०८२ 11:20:38
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 11:20:38
IME remit
Global IME Bank Limited

अनर्गल प्रचारले दुई पुनर्बीमकको सेयरभाउ उचाल्दै खेलाडी, सोझा लगानीकर्ता फस्ने जोखिम उच्च

Hyundai Nepal
अनर्गल प्रचारले दुई पुनर्बीमकको सेयरभाउ उचाल्दै खेलाडी, सोझा लगानीकर्ता फस्ने जोखिम उच्च
Nabil Bank Limited

काठमाण्डौ। पछिल्लो समय सेयरबजारमा दुई पुनर्बीमा कम्पनीको सेयर निकै चर्चामा छ । हिमालयन रि इन्स्योरेन्स र नेपाल रि इन्स्योरेन्स यतिबेला बजारमा ‘हट केक’ बनेको छ ।  

केही दिनअघिसम्म हजार रुपैयाँ भन्दा कम सेयरभाउ भएका यी दुई कम्पनीको मूल्य यतिबेला हजार क्रस छ । हिमालयन रि इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य १०२८ रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको १३१२ रुपैयाँ छ ।  

पछिल्लो केही दिनयता यी दुई कम्पनीको सेयर सर्वाधिक कारोबार समेत हुँदै आइरहेको छ । अनर्गल प्रचारले हिमालयन रि र नेपाल रि को सेयरमा चलखेल हुन थालेको आरोप लाग्न थालेको छ । भित्री चलखेलले यी दुई कम्पनीको सेयरभाउ बढाउने र घटाउने प्रक्रिया भइरहेको केही लगानीकर्ताहरुले आशंका व्यक्त गरेका छन् ।  

बजारमा लगानीकर्ताहरुबीच यी दुई कम्पनीको इन्साइडर ट्रेडिङ भएको वा सेयर म्याचिङ र ग्रुप ट्रेडिङ भएको हुनसक्ने समेत अनुमान लगाइएको छ ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

हकप्रदको प्रचारले सेयरमूल्य उचाल्ने र सोझा लगानीकर्तालाई भिडाएर आफु उम्किने प्रवृत्ति यतिबेला दुई रि इन्स्योरेन्सको सेयरमा देख्न सकिन्छ । यस्तो अवस्थाले बजारमा नवप्रवेशी लगानीकर्ता तथा सोझासाझा लगानीकर्ताहरु फस्ने जोखिम बढ्दै गएको छ ।  

नेपाल बीमा प्राधिकरणले दुई पुनर्बीमा कम्पनीको चुक्तापूँजी २० अर्ब पुर्याउन निर्देशन दिएको छ । तर दुई कम्पनीले क्यापिटल प्लान पेश गरिसकेपनि सोबमोजिम प्रक्रिया भने अघि बढाउन सकेको छैन ।  

दुई पुनर्बीमकलाई पूँजी बढाउन समय थप एक वर्ष थपिएको छ । नेपाल रि ले सरकारी तहबाटै पूँजी बढाउने योजना बनाएको छ भने हिमालयन रि इन्स्योरेन्सले ८० प्रतिशत हकप्रद जारी गरेर तोकिएको पूँजी पुर्याउने योजना बनाएको छ ।  

हिमालयन रि को हकप्रद प्राधिकरणबाट अझै स्वीकृत नभइसकेकाले तत्कालै आउने सम्भावना कम छ । तर धितोपत्र दोस्रो बजारमा यसकै हल्लाले हिमालयन रि र नेपाल रि को सेयरमूल्य उचालिरहेका छन् ।  

Muktinath Bikas Bank Limited

बजार जानकार प्रवत विष्टले राइट सेयरको प्रचारले दुई पुनर्बीमकको सेयरमूल्य उचालिरहेको बताए । ‘बजारमा यतिबेला हिमालयन रि र नेपाल रि को निकै चर्चा छ, यी दुई कम्पनीको हकप्रद आउने हल्लाले लगानीकर्ताहरु उक्त कम्पनीहरुप्रति आकर्षित देखिन्छन्’ उनले भने, ‘हकप्रद तत्कालै आउने नभएपनि अहिले नै हल्ला गरेर सो कम्पनीहरुको मूल्य उचालिरहेको स्पष्ट देखिन्छ ।’

साथै बजारमा नयाँ सेयर खेलाडीहरु प्रवेश गरेर दुई पुनर्बीमकको सेयरमा चलखेल गरेको समेत उनले आरोप लगाए । ‘एनआरआइसी र एचआरएलको मूल्यमा चलखेल भइरहेको स्पष्ट छ, केही दिनअघि हजार भन्दा कम भएको यी दुई कम्पनीको सेयरमा चलखेल गरी अहिले हजार रुपैयाँमाथि पुर्याइएको छ’ उनले भने, ‘बजारमा अहिले हल्लाकै पछि लाग्ने प्रवृत्ति छ, यसकारण पनि उक्त कम्पनीहरुको पछिल्लो दिनमा सर्वाधिक कारोबार समेत भइरहेको छ, यस्तो अवस्थामा सोझा तथा नयाँ लगानीकर्ताहरु फस्ने सम्भावना रहन्छ ।’  

साथै अर्का बजार जानकार विरेन्द्र विष्टले पनि सेयर खेलाडीहरुले नै दुई पुनर्बीमाको सेयर खेलाइरहेको बताए । ‘अहिले बजारमा राइट सेयरको हल्लाले विशेषतः हिमालयन रि को सेयर उचालिरहेका छन्’ उनले भने, ‘सेयर खेलाडीहरुले अनर्गल प्रचार फैलाएर मूल्य बढाउने गरिरहेका छन् ।’

सेयरमूल्यमा चलखेल गरी भाउ बढाएपनि यी दुई कम्पनी फन्डामेन्टल रुपमा स्ट्रङ नै रहेको विष्टको दाबी छ । ‘हिमालयन रि र नेपाल रि को सेयरमूल्यमा चलखेल गरेर मूल्य बढाएपनि यी दुई कम्पनीहरु आधारभुत पक्षबाट राम्रै कम्पनी हुन्’ उनले भने, ‘कसैले लहैलहैमा सेयर किनिहाले पनि यी दुई कम्पनीको लगानीमा ठूलै घाटा भने नहुने देखिन्छ ।’

विशेषगरी अहिले यी दुई कम्पनीको राइट सेयरकै हल्लाले मूल्य चलखेल गरिरहेको विष्टको भनाई छ । ‘फन्डामेन्टल रुपमा कमजोर भएका केही फाइनान्स कम्पनीहरुको सेयरमूल्यमा चलखेल गरी बढाउनुभन्दा आधारभुत पक्ष बलिया भएका कम्पनीको मूल्य बढाउनु ठिकै हो’ उनले भने, ‘यी दुई कम्पनीको व्यवसायदेखि लिएर सबै अवस्था राम्रै छ मूल्य घटाउने वा बढाउँदैमा त्यस्तो आत्तिहाल्नुपर्ने अवस्था हुँदैन ।’

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.