काठमाण्डौ। हिमालयन रिइन्स्योरेन्स लिमिटेडका सञ्चालक समिति अध्यक्ष उदय कुमार निरौलाले अध्यक्ष तथा सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
कम्पनीको भदौ १० गते बसेको ८९औँ सञ्चालक समिति बैठकले निरौलाले व्यक्तिगत कारण देखाउँदै गत साउन २९ गते पेस गरेको राजीनामा स्वीकृत गरेको हो।
उनको राजीनामा भदौ १० गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।