सोमबार, बैशाख ७,२०८३ 06:18:41
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 06:18:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजारमा दुई पुनर्बीमकको अत्यधिक चर्चा, आधारभूत पक्षमा कुन कति बलियो ?

Bizshala
सेयरबजारमा दुई पुनर्बीमकको अत्यधिक चर्चा, आधारभूत पक्षमा कुन कति बलियो ?
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा दुई पुर्बीमा कम्पनीको निकै चर्चा छ । बजारमा नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सको हकप्रद आउने प्रचारले लगानीकर्ताहरु यी दुई कम्पनीको सेयरमा निकै आकर्षित देखिएका छन् ।  

केही समययता दोस्रो बजारमा दुई पुनर्बीमा कम्पनीको सेयर सर्वाधिक कारोबार समेत हुँदै आइरहेको छ । अहिले लगानीकर्ताहरुबीच यी दुई रि इन्स्योरेन्सको सेयरको चर्चा चलिरहँदा केही सेयर खेलाडीहरुले भने त्यसकै मौका छोपेर सेयर चलखेल समेत गरिरहेका छन् ।

डेढ महिनाअघिसम्म हजार रुपैयाँभन्दा तल रहेको यी दुई कम्पनीको सेयरभाउ यतिबेला हजार रुपैयाँभन्दा माथि छ । पछिल्लो समय बजारमा जुन कम्पनीको बढी चर्चा हुन्छ, त्यसकै पछि लाग्ने प्रवृत्ति हाबी छ, जसकारण सोझा लगानीकर्ताहरु त्यस्ता कम्पनीको सेयरमा लगानी गरेर फसेका छन् ।  

यतिबेला बजारमा हिमालयन र नेपाल रि इन्स्योरेन्सको पनि निकै चर्चा छ । लगानीकर्ताहरुले अहिले यी दुई कम्पनीलाई ‘हट केक’को संज्ञा दिइरहेका छन् । तर चर्चाकै आधारमा लगानी गरिहाल्दा डुब्ने सम्भावना बढी रहन्छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

हुन त केही लगानीकर्ताहरुले यी दुई कम्पनी फन्डामेन्टल रुपमा समेत बलियो भएको बताइरहेका छन् । बजारमा चलखेल भएका केही फाइनान्स कम्पनीहरुको तुलनामा दुई पुनर्बीमा कम्पनी आधारभूत पक्षबाट बलिया नै भएको लगानीकर्ताहरुको भनाई छ ।  

बजारमा केही लगानीकर्ताहरु भने दुई पुनर्बीमा कम्पनीमध्ये कुन चाहिँ धेरै बलियो भनेर आफ्नै हिसाबले तुलना समेत गरिरहेका छन् । दुई कम्पनी नै एउटै सेक्टरको भएकाले यी दुई कम्पनीको व्यवसायको अवस्था र आर्जित मुनाफाको अवस्था लगभग एउटै देखिन्छ । तरपनि नेपाल पुनर्बीमा कम्पपनी अगाडी नै सञ्चालनमा आएकाले व्यवसाय र कोषहरुको आधारमा हिमाालयन रि भन्दा केही बलियो देखिएको छ ।  

यी दुई कम्पनीमध्ये जुनकुनैमा लगानी गर्नुअघि लगानीकर्ताले कम्पनीको आधारभूत पक्षहरुको बारेमा अध्ययन गर्नुपर्ने हुन्छ । हचुवाको भरमा अर्थात् बजारमा चर्चा चलकै आधारमा लगानी गर्दा फसिने वा लगानी डुब्ने सम्भावना उच्च रहन्छ ।  

CG Motors
Garima Development Bank
IME remit

नेपाल रि इन्स्योरेन्सले गत आवको चौथो त्रैमासिक वित्तीय रिर्पोट बल्ल सार्वजनिक गरेको छ भने हिमालयन रि इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्मको विवरण प्रकाशित गरिसकेको छ । यसआधारमा पनि नेपाल रि भन्दा हिमालयन रि इन्स्योरेन्स वित्तीय सुशासनमा राम्रो मान्न सकिन्छ ।  

गत आवको चौथो त्रैमासिक वित्तीय विवरणको आधारमा यी दुई पुनर्बीमा कम्पनीलाई विभिन्न सूचकमा तुलनामा गरिएको छ । जसमा अधिकांश सूचकमा नेपाल रि राम्रो देखिएको छ भने आधारभुत पक्षमा चाहिने सूचकहरु प्रफिट, इपीएस, नेटवर्थ, पीई रेसियोमा भने हिमालयन रि राम्रो देखिएको छ, जुन सेयर लगानीकर्ताहरुका लागि बढी महत्वपूर्ण सूचकहरु मानिन्छ ।  

तर दीर्घकालिन लगानीका लागि हेर्ने हो भने यी दुबै कम्पनी नै राम्रो मान्न सकिन्छ । अझ तुलनात्मक रुपमा नै हेर्ने हो भने नेपाल रि उत्कृष्ट मान्न सकिन्छ । कम्पनीको व्यवसाय र कोषहरुमा संकलित रकमको आधारमा नेपाल रिको लगानी कम जोखिम मान्न सकिन्छ ।  

नोटः गत आवको चौथो त्रैमासिक रिर्पोटको आधारमा दुई पुनर्बीमा कम्पनीलाई तुलना गरिएको मात्र हो । दुईमध्ये कुनैपनि कम्पनीको धितोपत्र खरिदका लागि सिफारिस गरिएको भने होइन । लगानीकर्ताहरु आफैंले विश्लेषण गरी सेयर खरिद गनुपर्नेछ ।

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.