आईतवार, फाल्गुन ३,२०८२ 02:07:38
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 02:07:39
Bizshala
Global IME Bank Limited

नेशनल लाइफको सर्वाधिक नेपाल रि मा लगानी, गत आवमा किन्यो रु.४९.४९ करोडको सेयर

नेशनल लाइफको सर्वाधिक नेपाल रि मा लगानी, गत आवमा किन्यो रु.४९.४९ करोडको सेयर
Shivam Cement

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक नेपाल रि इन्स्योरेन्स कम्पनीमा लगानी रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा नेपाल रि को सेयरमा मात्रै कुल ४९ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको छ ।

यसअघि कम्पनीले नेपाल रि को सेयरमा लगानी गरेको थिएन । कम्पनीले गत आवमा उक्त कम्पनीको कुल ३ लाख ९२ हजार ८०३ कित्ता सेयर खरिद गरेको जनाएको छ ।

गत आवमा कम्पनीले सूचीकृत कम्पनीको साधारण सेयरमा १ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ । यो लगानी रकम अघिल्लो आवको तुलनामा १७५।४८ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले सेयरबजारमा कुल ४१ करोड ८९ लाख रुपैयाँ बराबरको लगानी गरेको थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा लगानी गर्ने दायरामा खुकुलो नीति ल्याइदिएपछि नेशनल लाइफ इन्स्योरेन्सले सेयरबजारमा उल्लेख्य लगानी बढाएको हो । यसअघि प्राधिकरणको निर्देशिका बमोजिम बीमा कम्पनीले सूचीकृत कम्पनीमा लगानी गर्दा उक्त कम्पनीको कायम चुक्तापूँजीको ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था रहेकोमा प्राधिकरणले उक्त सीमा बढाएर १५ प्रतिशत पुर्याएको थियो ।

प्राधिकरणको खुकुलो नीतिपछि बीमा कम्पनीहरुले एकाएक सेयरबजारमा लगानी थप गरेका छन् । सोहीबमोजिम नेशनल लाइफ इन्स्योरेन्सले पनि गत आवमा नेपाल रि इन्स्योरेन्ससहित आधा दर्जन कम्पनीको सेयर खरिद गरेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले माउन्टेन इनर्जीको पनि कुल ३ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको छ । कम्पनीले माउन्टेन इजर्नीको कmुल ५९ हजार १३२ कित्ता सेयर खरिद गरेको हो ।

त्यस्तै, साहज उर्जाको ३० हजार ३५१ कित्ता सेयर १ करोड ९४ लाख २५ हजार रुपैयाँमा, नेशनल लघुवित्तको ६ हजार २५ कित्ता सेयर ८४ लाख ३५ हजार रुपैयाँमा, स्वरोजगार लघुवित्तको ४ हजार ३५२ कित्ता सेयर ४४ लाख ४३ हजार रुपैयाँमा र निर्धन उत्थान लघुवित्तको ५३० कित्ता सेयर ४ लाख ७ हजार रुपैयाँमा खरिद गरेको छ ।

त्यस्तै, कम्पनीले गत आवमा रसुवागढी हाइड्रो र सानिमा माई हाइड्रो, सानिमा मिडिल तमोरको कुल २ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर भने बिक्री गरेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.