शनिबार, फाल्गुन १०,२०८१ 11:49:56
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 11:49:56
IME remit
Global IME Bank Limited

नेपाल रि को लाभांशप्रति देखिएन आकर्षण, १०% पाउने अपेक्षा पूरा नहुँदा खस्कियो सेयरभाउ

Hyundai Nepal
नेपाल रि को लाभांशप्रति देखिएन आकर्षण, १०% पाउने अपेक्षा पूरा नहुँदा खस्कियो सेयरभाउ
Nabil Bank Limited

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले आजै मात्र गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश रहेको छ ।  

लाभांश घोषणा गरेकै दिनमा कम्पनीको सेयरभाउ २.४६ प्रतिशतले घट्न पुगेको छ । पछिल्लो समय दोस्रो बजारमा लगानीकर्ताहरु कम्पनीले घोषणा गर्ने लाभांशमा उत्साहित देखिंदैनन् ।  

यसअघि बीमा समूहतर्फ उत्कृष्ट लाभांश प्रस्ताव गरेका सन नेपाल लाइफ र सुर्यज्योति लाइफ इन्स्योरेन्समा समेत लगानीकर्ता आकर्षित छैनन् । यी दुई कम्पनीको लाभांश सुरक्षित गर्न बुकक्लोज हुन बाँकी नै छ तरपनि लगानीकर्ता उक्त दुई कम्पनीको स्टक खरिद गर्न उत्सुक देखिँदैनन् ।  

नेपाल पुनर्बीमा कम्पनीको हकमा पनि आज त्यस्तै अवस्था सिर्जना हुन पुग्यो । कम्पनीले गत वर्ष बाँडेको जति नै बोनस सेयर यसवर्षका लागि पनि वितरण गर्ने प्रस्ताव गर्दा लगानीकर्ताहरु भने उत्साहित भएनन् ।  

नेप्सेका अनुसार आज नेपाल रि इन्स्योरेन्सको सेयर २.४६ प्रतिशत अर्थात् १८.१० रुपैयाँले घटेर ७१८ रुपैयाँ कायम हुन पुग्यो । बजार खुलेको समयमा नेप्सेको फ्लोरसिटमा कम्पनीको कारोबारमा समेत चाप थिएन ।  

लगानीकर्ताहरु कम्पनीले गत आवको मुनाफाबाट १० प्रतिशतभन्दा बढी लाभांश बाँड्न सक्ने अपेक्षामा बस्दा आज उल्टै कम्पनीको सेयरभाउ घट्न पुगेको बजार जानकारहरु बताउँछन् ।  

धितोपत्र बजार पुँजीकरणमा रहेको कम्पनीको हिस्साअनुसार लाभांशदर कम हुँदा कम्पनीको सेयरमा लगानीकर्ताहरु उत्साहिन नभएको बजार जानकार हरि बहादुर केसी बताउँछन् ।  

‘समग्रमा आज बजार घटेकाले नेपाल रि इन्स्योरेन्सको सेयरभाउ पनि घट्न पुगेको हो, नेपाली पुँजीबजारलाई छिमेकी देशको पुँजीबजारले प्रभाव पारेको छ, भारतको सेन्सेक्स लगातार दुई दिन घट्दा नेपाल स्टक एक्सचेञ्ज पनि घटेर २ हजार तल पुगेको छ’ उनले भने, ‘एनआरईसी मात्रै नभई सबै कम्पनीको सेयरभाउ घटेको छ, बजार घटेको अवस्थामा कम्पनीले आज घोषणा गरेको लाभांश छायाँमा पर्न गएको हो ।’

साथै नेपाल रि को लाभांशदर कम हुँदा कम्पनीको स्टकमा लगानीकर्ताको नजरमा नपरेको उनले बताए । ‘धितोपत्र बजार पुँजीकरणमा नेपाल रि इन्स्योरेन्सको ठूलो हिस्सा छ, यसर्थमा कम्पनीले १० प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने आम लगानीकर्ताहरु अपेक्षित थिए’ उनले भने, ‘ कम्पनीको पूँजी वृद्धि गर्ने विषयले पनि लगानीकर्ताहरु गत वर्षहरु भन्दा बढी बोनस बाँड्ने अपेक्षामा बसेका थिए, यसकारण पनि आज कम्पनीको सेयरमूल्य उल्टै घटेको हुन सक्छ।’

पछिल्लो समय लार्ज क्याप भएका कम्पनीहरुमा लगानीकर्ताहरु खासै उत्साहित नभएको केसी बताउँछन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

‘पछिल्लो अवस्थामा बजारमा जुन कम्पनीको बढी चर्चा छ, त्यहि कम्पनीको स्टकमा लगानीकर्ताहरु पछि दौडिन्छन्, यसले गर्दा लार्ज क्याप भएका कम्पनीहरु ओझेलमा पर्न गएका छन्’ उनले भने, ‘मार्केटमा लो क्याप भएका तथा लक इन पिरियड नखुलेका कम्पनीमा लगानीकर्ताहरु हाबी छन्, बजारमा जुन कम्पनीले प्रभाव पार्न सक्यो त्यहि कम्पनीको सेयर खरिद गर्न लागिपर्ने अवस्थाले लार्ज क्याप भएका कम्पनी नेपाल टेलिकम, नबिल बैंक, नेपाल रि जस्ता कम्पनीहरु ओझेलमा छन् ।’

बजारमा सर्ट टर्म इन्भेष्र्टस बढी हुँदा लो क्याप भएका कम्पनी उठाउने र छोटो अवधिमै सेयर बिक्री गर्ने अवस्थाले ठूला कम्पनीहरुको कारोबार नदेखिएको केसीले बताए । ‘छोटो अवधिका लागि लगानी गरी रिटर्न लिन खोज्ने लगानीकर्ताको हाबी छ, त्यस्ता लगानीकर्ताले लार्ज क्याप कम्पनीहरुलाई आफ्नो बसमा पार्न सक्दैनन्’ उनले भने, ‘५० प्रतिशत भन्दा बढी लगानीकर्ताहरुले सर्ट टर्म इन्भेष्टको लागि हाइड्रो जस्ता लो क्याप भएका कम्पनीहरु रोज्छन्, यसले गर्दा लार्ज क्याप भएका कम्पनीले लाभांश घोषणा गरेपनि छायाँमा पर्ने अवस्था हुन्छ ।’

नेपाल पुनर्बीमा कम्पनीले तत्कालै पुँजी बृद्धि नगर्ने सम्भावनाले पनि बजारमा सो कम्पनीको सेयर छायाँमा पर्न थालेको केसीले बताए । ‘नेपाल बीमा प्राधिकरणले दुई पुनर्बीमा कम्पनीलाई पुँजी बृद्धिको योजना पेश गर्न निर्देशन दिएपनि हालसम्म नेपाल रि ले कुनै योजना पेश गर्न सकेको छैन’ उनले भने, ‘योजना पेश नगरेपनि पुँजी बढाउन दबादले कम्पनीले गत वर्ष भन्दा बढी लाभांश देला भन्ने आम लगानीकर्ताको आशा थियो, सरकारी कम्पनी भएकाले पुँजी बृद्धि नै गर्ने भएपनि ढिला हुने निश्चित छ, यसकारण कम्पनीको स्टकमा आकर्षण नदेखिएको हो ।’

त्यस्तै अर्का बजार जानकार बिरेन्द्र विष्ट पनि कम्पनीले गत वर्षहरुमा भन्दा बढी लाभांश दिन सक्ने आश्वासनमा बस्दा आज सेयरभाउ घट्न पुगेको बताउँछन् ।

‘आज बजार घटेकोले पनि नेपाल रि इन्स्योरेन्सको सेयरभाउ घट्न पुगेको हो, समग्रमा कम्पनीको लाभांशदर कम नै हो भन्न मिल्दैन’ उनले भने, ‘तर आम लगानीकर्ताहरु कम्पनीले यसवर्षका लागि गत वर्षहरु भन्दा बढी लाभांश देला भन्ने अपेक्षामा थिए, यसैको प्रभावले नेपाल रि को सेयर लगानीकर्ताको नजरमा नपरेको हो ।’

पुनर्बीमा कम्पनीहरुको पुँजी बृद्धि गर्ने विषयले पनि बजारमा नेपाल रि र हिमालयन रि को सेयरभाउ उतारचढाव भएको विष्टले बताए ।  

‘नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको पुँजी बृद्धि गर्ने विषयले नेपाल रि ले उत्कृष्ट बोनस र हकप्रद ल्याउने भन्ने हल्ला थियो, कम्पनीले कम्तिमा पनि ८–१० प्रतिशत बोनस सेयर दिने लगानीकर्ताले अपेक्षा गरेका थिए’ उनले भने, ‘तर हालसम्म नेपाल रि ले कुनै योजना बनाएको छैन र आज पनि जम्मा ४।७५ प्रतिशत मात्रै बोनस घोषणा गर्दा लगानीकर्ताको एक्सपेक्टेशन मिट नभएको हुन सक्छ ।’

नेपाल पुनर्बीमा कम्पनीले हालसम्म पुँजी बृद्धिको योजना नेपाल बीमा प्राधिकरणमा पेश नगरेको प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । उनका अनुसार कम्पनीले पुँजी बृद्धिको प्रारम्भिक योजना भने अर्थमन्त्रालयमा पेश गरिसकेको छ ।  

तर अर्थमन्त्रालयबाट उक्त पुँजी बृद्धि गर्ने योजनाको प्रारम्भिक खाका स्वीकृत भएपश्चात् मात्रै नेपाल बीमा प्राधिकरणमा पेश हुन सक्ने पौडेलले बताए ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.