काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
यस्तै सञ्चालक समितिको बैठकले लाभांश स्वीकृतीका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने तथा उक्त प्रस्ताव नेपाल सरकार र नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ ।