सोमबार, असार २,२०८२ 02:19:07
  • सोमबार, असार २,२०८२ 02:19:07
Global IME Bank Limited

नेपाल रि इन्स्योरेन्सले ४२.३६% ले बढायो कर्मचारी तलब, भत्ता समेत ७२.९७% ले वृद्धि

Hyundai Nepal
नेपाल रि इन्स्योरेन्सले ४२.३६% ले बढायो कर्मचारी तलब, भत्ता समेत ७२.९७% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले कर्मचारीको तलब ४२.३६ प्रतिशतले बढाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कर्मचारीलाई कुल २ करोड ५९ लाख रुपैयाँ तलब बाँडेको कम्पनीले गत आव २०७९/८० मा कम्पनीले कर्मचारीलाई ३ करोड ६९ लाख रुपैयाँ तलब वितरण गरेको छ । यस्तै कम्पनीले कर्मचारीलाई भत्तास्वरुप १ करोड ५५ लाख रुपैया गत वर्ष वितरण गरेको छ । यो भत्ता रकम ७२.९७ प्रतिशतले बढी हो । 

अघिल्लो आर्थिक वर्षमा कम्पनीले कर्मचारीलाई भत्तास्वरुप ९० लाख १५ हजार रुपैयाँ मात्रै वितरण गरेको थियो । योसँगै कम्पनीले चाडपर्वमा कर्मचारीलाई वितरण गर्ने भत्तासमेत ७३.२७ प्रतिशतले बढाएको छ । गत वर्षमा कम्पनीले चाडपर्व भत्तास्वरुप २८ लाख ६७ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष भने कम्पनीले यस्तो शिर्षकमा १६ लाख ५४ हजार रुपैयाँ मात्रै खर्चेको थियो । कम्पनीले कर्मचारीलाई बाँड्ने बोनस भने २०.०८ प्रतिशतले घटाएको छ । 

अघिल्लो वर्ष कर्मचारीलाई २६ करोड ९८ लाख रुपैयाँ बोनस वितरण गरेको नेपाल रि ले गत आवमा २१ करोड ५६ लाख रुपैयाँ मात्रै बोनस वितरण गरेको छ । त्यस्तै कम्पनीले सामाजिक सुरक्षा कोष तथा अन्य कोषका लागि ४५ लाख ७९ हजार रुपैयाँ रकम खर्च गरेको छ भने कर्मचारीको विदा भत्ताका लागि मात्रै २४ लाख ९० हजार रुपैयाँ खर्चेको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै तालिम शिर्षकमा ९९ लाख ८३ हजार रुपैयाँ, युनिफर्मका लागि ६ लाख १० हजार रुपैयाँ, स्वास्थ्य शिर्षकमा ७० लाख ७० हजार रुपैयाँ, कर्मचारीको बीमा शिर्षकमा ६५ लाख, कर्जाका लागि ३३ लाख ६६ हजार रुपैयाँ र अन्य शिर्षकमा ३८ लाख ४९ हजार रुपैयाँ गरी कर्मचारी सेवा सुविधाका लागि कुल ३० करोड ९४ लाख १९ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष भने नेपाल पुनर्बीमा कम्पनीले कर्मचारी सेवा सुविधाका लागि ३२ करोड ९२५ लाख ३० हजार रुपैयाँ खर्चेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.