सोमबार, असार २,२०८२ 02:22:55
  • सोमबार, असार २,२०८२ 02:22:55
Global IME Bank Limited

वैदेशिक रोजगार बीमाको पुलको नेतृत्व गर्न नेपाल रि र हिमालयन रि लाई भागवण्डा, चार–चार वर्षमा पालो पाउने

Hyundai Nepal
वैदेशिक रोजगार बीमाको पुलको नेतृत्व गर्न नेपाल रि र हिमालयन रि लाई भागवण्डा, चार–चार वर्षमा पालो पाउने
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक कोष (पुल)सञ्चालन सम्बन्धी निर्देशिका, २०८१ संशोधन गरेको छ । प्राधिकरणले समयसापेक्ष उक्त निर्देशिका संशोधन गर्न वाञ्छनीय भएको बताउँदै संशोधन गरेको हो ।  

संशोधित निर्देशिका बमोजिम अब दुई पुनर्बीमा कम्पनी नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सले चार वर्षको लागि पालैपालो कोष प्रबन्धकको रुपमा कार्य गर्न पाउने व्यवस्था गरिएको छ ।  

यसअघि उक्त निर्देशिकामा पुनर्बीमा कम्पनीहरुले संयुक्त रुपमा कोष प्रबन्धकको रुपमा कार्य गर्ने व्यवस्था थियो । प्राधिकरणले अब दुई पुनर्बीमा कम्पनीलाई संयुक्त रुपमा नभई चार–चार वर्षको लागि पालैपालो कोष प्रबन्धकको रुपमा कार्य गर्न पाउनेछन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नयाँ व्यवस्थाअनुसार वैदेशिक रोजगार बीमाको पुलको नेतृत्व चार वर्ष एउटा पुनर्बीमकले गर्नेछ भने त्यसपछि अर्को पुनर्बीमकले कोष प्रबन्धकको कार्य गर्न पाउनेछ । प्राधिकरणले सञ्चालनमा रहेको जम्मा दुईवटा पुनर्बीमा कम्पनीलाई वैदेशिक रोजगार बीमाको पुलको नेतृत्वको भागवण्डा लगाइदिएको छ ।  

यो निर्देशिका संशोधन हुनुअगाडि दुई पुनर्बीमकले संयुक्त रुपमा उक्त बीमाको कोष प्रबन्धकको कार्य गर्दै आएपनि प्राधिकरणले अब संशोधन गरेर पालैपालो नेतृत्व लिन भनेको हो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.