शनिबार, फाल्गुन १०,२०८१ 08:47:06
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:47:06
IME remit
Global IME Bank Limited

लगानीकर्ताको आकर्षण बढ्दा नेपाल पुनर्बीमाबाट संस्थागत लगानीकर्ता भने धमाधम बाहिरिदैँ, किन बेच्दैछन् सेयर ?

Hyundai Nepal
लगानीकर्ताको आकर्षण बढ्दा नेपाल पुनर्बीमाबाट संस्थागत लगानीकर्ता भने धमाधम बाहिरिदैँ, किन बेच्दैछन् सेयर ?
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा केही समययता दुई स्वदेशी पुनर्बीमा कम्पनीको निकै चर्चा छ । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा र निजी लगानीको हिमालयन रि इन्स्योरेन्स पछिल्लो समय लगानीकर्ताको आँखामा परेका छन् ।  

हिमालयन रि इन्स्योरेन्सको सेयर दोस्रो बजारमा सूचीकृत भएसँगै नेपाल पुनर्बीमाको सेयर पनि चर्चामा आएको छ । केही लगानीकर्ताहरुले दुई पुनर्बीमा कम्पनीलाई तुलना समेत गरेर कुनमा लगानी गर्दा उचित भन्ने खालका कौतुहलता समेत प्रकट गर्न थालेका छन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

हिमालयन रि को सेयर दोस्रो बजारमा कारोबारमा आउने थालेदेखि नेपाल पुनर्बीमाको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको चुक्तापुँजी बृद्धि गर्न तयारी गरेको विषयले झनै सेयरबजारमा यी दुई कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ ।  

केही दिनयता हिमालयन रि सँगै नेपाल रि इन्स्योरेन्सको सेयर पनि उच्चकारोबार हुँदै आइरहेको छ । नेपाल पुनर्बीमा लगानीकर्ताको रोजाईमा परेपनि पछिल्लो केहीमहिनायता संस्थागतलगानीकर्ताहरु भने धमाधम बाहिरिएका छन् ।

हालसम्म नेपाल पुनर्बीमाका तीन संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गरेर बाहिरिएका छन् । प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, विशाल ग्रुपले आफ्नो नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्री गरिसकेका छन् ।

प्रभु इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमाको १९ लाख ७४ हजार कित्ता सेयर बिक्री गरेको छ । स्रोतका अनुसार प्रभु इन्स्योरेन्सले बिक्री गरेको सेयर एशियन लाइफ इन्स्योरेन्सले खरिद गरेको छ ।  

त्यस्तै, केही समयअघि नेपाल इन्स्योरेन्सले पनि आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमाको १९ लाख ७९ हजार कित्ता सेयर बिक्री गरेको थियो । त्यस्तै, विशाल ग्रुपले पनि आफ्नो नाममा रहेको नेपाल रि को १० लाख ४२४ कित्ता सेयर बिक्री गरिसकेको छ ।  

बाँकी १५ लाख कित्ता संस्थापक सेयर लिलामीको प्रक्रिया अगाडी बढाइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त १५ लाखकित्ता संस्थापक सेयर पुष २४ गतेदेखि माघ २९ गतेसम्म ३५ दिने म्याद राखेर लिलाममा राखेर दरखास्त आह्वान गरिएको छ ।  

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्री प्रक्रिया अघि बढाइसकेको छ । कम्पनीले आफ्नो नाममा रहेको २० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  

सेयर बिक्री गर्ने चार संस्थापकमध्ये तीन बीमा कम्पनी छन् । नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र हिमालयन एभरेष्टले पूँजी बढाउन नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्री गरेको बताएका छन् । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब पुँजी पुर्याउन निर्देशन दिएको थियो ।  

मर्जरमा नगएका प्रभु र नेपाल इन्स्योरेन्सले प्राधिकरणको निर्देशन बमोजिम नेपाल रि को सेयर बिक्री गरी पूँजी बढाउने क्यापिटल प्लान समेत पेश गरेका थिए ।  

यता साविक हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्ज भएपछि पनि प्राधिकरणले तोकेको पूँजी नपुग्दा आफ्नो नाममा रहेको नेपाल पुनर्बीमा को सेयर बिक्री गर्न लागेको कम्पनीका नायब प्रमुख कार्यकारी कमल गौतमले बताए । उनका अनुसार कम्पनीले हकप्रद निष्कासन नगरी नेपाल रि को सेयर बेचेर पूँजी बढाउने तयारी गरेको छ ।  

नेपाल पुनर्बीमा कम्पनीमा नेपाल सरकारसँगै अधिकांश बीमा प्राधिकरणले अनुमति दिएका पुराना बीमा कम्पनीहरु संस्थापक सेयरधनी छन् । यसका साथै विशाल ग्रुप लिमिटेड, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स, ग्लोबल आइएमई क्यापिटल, ग्लोब आइएमई बैंक, हाथवे इन्भेष्टमेन्ट र ज्ञान सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट लिमिटेड लगायतको ८४ प्रतिशत र सर्वसाधारणको १६ प्रतिशत सेयर होल्डिङ छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.