काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०७९/८० का लागि प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनाका लागि) गरी कुल ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन् ।
यो लाभांश कम्पनीको आगामी जेठ १७ गते आयोजना हुने कम्पनीको नवौं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।