काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से(मा नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत अर्थात ६० लाख ८६ हजार ४३३.२८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनील आर्थिक वर्षका २०७९/८० का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनाका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गरेको थियो ।
सोही मध्येको ४.७५ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचकिृत भएको हो । यससँगै अब भोलिदेखि कम्पनीको उक्त बोनस सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।