आईतवार, फाल्गुन ३,२०८२ 06:28:29
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 06:28:29
Bizshala
Global IME Bank Limited

नेपाल रि इन्स्योरेन्सको शतप्रतिशत हकप्रद स्थगित, लगानीकर्तालाई ‘हात्ती आयो, हात्ती आयो फुस्सा’

नेपाल रि इन्स्योरेन्सको शतप्रतिशत हकप्रद स्थगित, लगानीकर्तालाई ‘हात्ती आयो, हात्ती आयो फुस्सा’
Shivam Cement

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले हकप्रद सेयर निष्कासन नगर्ने भएको छ । जेनजी आन्दोलनपछि वर्तमान अवस्थालाई मध्यनजर गर्दै सरकारले पुनर्बीमा कम्पनीको हकप्रदमा थप लगानी गर्न नसक्ने भएकाले कम्पनीले शतप्रतिशत हकप्रद जारी नगर्ने भएको हो ।

यसअघि कम्पनीले चुक्तापूँजी वृद्धि प्रयोजनका लागि कायम चुक्तापूँजी १३ अर्ब रुपैयाँको शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको थियो । नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम पुनर्बीमा कम्पनीहरुको चुक्तापूँजी २० अर्ब पुर्याउने हेतुले कम्पनीले गत साउन १४ गते अन्तर्राष्ट्रिय बजारमा कम्पनीको उपस्थिति बढाउन समेत बताउँदै कम्पनीको चुक्तापूँजी २६ अर्ब भन्दा बढी कायम गर्नुपर्ने भन्दै शतप्रतिशत हकप्रद निष्कासन गर्ने सूचना जारी गरेको थियो ।

तर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्षतिका कारण सरकारले तत्काल सेयर लगानी नगर्ने र नेपाल रि को पूँजी वृद्धिमा थप लगानी नबढाउने निर्णय गरेसँगै तत्कालको लागि नेपाल रि इन्स्योरेन्सको हकप्रद प्रक्रिया रोकिएको छ । सरकारको यस्तो निर्णयले प्राधिकरणको पूँजी वृद्धि सम्बन्धी व्यवस्था समेत प्रभावित बन्न पुगेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सरकारले तत्कालको लागि नेपाल रि इन्स्योरेन्सको पूँजी वृद्धि योजना रोक्न समेत नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिइसकेको छ । सोही बमोजिम हालको लागि नेपाल रि को पूँजी वृद्धि प्रक्रिया रोकिएको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।

‘नेपाल सरकारको निर्देशनबमोजिम अहिलेको लागि नेपाल पुनर्बीमा कम्पनीको हकप्रद र पूँजी वृद्धि योजना प्रक्रिया रोकिएको छ’ ती अधिकारीले भने, ‘सरकारले अहिलेको अवस्थालाई हेरेर अग्राधिकार सेयर वा अन्य सेयरमा थप लगानी नगर्ने निर्णय गरेकाले प्राधिकरणले पनि सोहीबमोजिम नेपाल रि को हकप्रद तत्कालको लागि रोक्ने निर्णय गरेको छ ।’

प्राधिकरणले २०८० माघ १७ गते पुनर्बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २० अर्ब पु¥याउने निर्णय गरेको थियो । कम्पनीलाई १५ दिनभित्र पुँजीवृद्धि योजना पेस गरेर एक वर्षभित्र न्यूनतम पूँजी २० अर्ब रुपैयाँ पुर्याउन प्राधिकरणले निर्देशन दिएको थियो । सो अवधिसम्म पुनर्बीमा कम्पनीको चुक्तापूँजी बढाउन असम्भव देखिएकाले कम्पनीकै अनुरोध बमोजिम प्राधिकरणले २०८२ माघ मसान्तसम्मको डेडलाइन राखेर पूँजी पुर्याउन निर्देशन दिएको थियो ।

पूँजी पुर्याउने समय नजिकिँदै जाँदा सरकारले वर्तमान अवस्थालाई हेरेर तत्कालको लागि लगानी गर्न नसक्ने बताउँदै प्राधिकरणलाई रोक्न निर्देशन दिएपछि हालको लागि नेपाल रि को पूँजीवृद्धि गर्ने प्रक्रिया रोकिएको छ ।

अर्थमन्त्रालयको निर्देशन पत्र बीमा प्राधिकरणमा गएसँगै नेपाल रि इन्स्योरेन्सलाई भने अब चुक्ता पुँजी वृद्धिमा प्रेसर नपर्ने भएको छ भने हिमालयन रि को बिषयमा भने प्राधिकरणले कुनै ठोस निर्णय लिएको छैन ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

लगानीकर्तालाई ‘हात्ती आयो हात्ती आयो फुस्सा’

सेयर लगानीकर्ताहरुले ठूलो अपेक्षा र प्रतिक्षा गरेको नेपाल रि इन्स्योरेन्सको शतप्रतिशत हकप्रद सेयर तत्कालको लागि नआउने भएसँगै सेयर लगानीकर्ताको लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेजस्तै भएको छ ।

केही समयअघि मात्रै धितोपत्र दोस्रो बजारमा नेपाल रि इन्स्योरेन्सको हकप्रदको विषयमा निकै चर्चा थियो । हकप्रदको फण्डा मच्चाएरै कतिपय खेलाडीहरुले नेपाल रि को सेयरभाउ उचाल्ने र भित्रि चलखेल समेत गरेका थिए ।

साथै कम्पनीको सेयरमा कतिपयले ‘इन्साइडर ट्रेडिङ’ समेत भएको बताएका थिए । गत असारको अन्तिमसम्म १२८० रुपैयाँ आसपासमा रहेको कम्पनीको सेयरभाउ साउन महिना लागेलगत्तै बढेर १६ सय माथि पुगेको थियो । कम्पनीले साउन १४ गते शतप्रतिशत हकप्रद जारी गर्ने सूचना निकालेसँगै कम्पनीको सेयरभाउ घटेर १४ सयको आसपास आएको थियो ।

कम्पनीको शतप्रतिशत हकप्रदको पर्खाइमा बसेका लगानीकर्ताहरुलाई तत्कालको लागि ‘हल्ला धेरै, फल केही छैन’ भनेजस्तै भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.