काठमाण्डौ । विशाल ग्रुप लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ ।
विशाल ग्रुपले आजदेखि बोलकबोलमार्फत नेपाल पुनर्बीमा कम्पनीको ११ लाख कित्ता संस्थापक बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा अन्य योग्य संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
सेयरको न्यूनतम प्रतिकित्ता मूल्य २८० तोकिएको छ । इच्छुक आवेदकले न्यूनतम मूल्यमा नघट्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।
इच्छुक लगानीकर्ताले आगामी वैशाख २६ गतेभित्र बिक्री एनआईसी एशिया क्यापिटलको थापाथली काठमाण्डौमा रहेको कार्यालयमा आईपुग्ने गरी के कति दरमा सेयर खरिद गर्न चाहेको खुलाई आवेदन दिनुपर्नेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।