सोमबार, असार २,२०८२ 02:20:35
  • सोमबार, असार २,२०८२ 02:20:35
Global IME Bank Limited

नेपाल पुनर्बीमा कम्पनीको नाफा र बीमाशुल्क आर्जन दुवै घट्यो, कस्तो छ अन्य वित्तीय अवस्था ?

Hyundai Nepal
नेपाल पुनर्बीमा कम्पनीको नाफा र बीमाशुल्क आर्जन दुवै घट्यो, कस्तो छ अन्य वित्तीय अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।प्रकाशित विवरणअनुसार कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म आर्जन गरेको ५९ करोड ६२ लाख रुपैयाँको तुलनामा १३.४९ प्रतिशतले कम हो ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन पनि घटेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म ५ अर्ब १५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८.५७ प्रतिशतले कम हो ।

कम्पनीले लगानी तथा कर्जामार्फत १ अर्ब २८ करोड रुपैयाँ र ८ करोड ४ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी ९.०३ प्रतिशतले घट्दै ६ अर्ब ५३ करोडमा सीमित बनेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले यो अवधिसम्म ३ अर्ब ६३ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३ अर्ब ६७ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको थियो ।  

कम्पनीको कुल खर्च पनि ८.७४ प्रतिशतले घटेर ५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको कुल खर्च ६ अर्ब ३५ करोड रुपैयाँ थियो ।  

कम्पनीको महाविपत्ती कोषको आकार २७ करोड ६३ लाख र स्पेशल रिजर्भको आकार ३ अर्ब ९२ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ६१.८६ प्रतिशतले बढ्दै १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.०३ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १४७.४५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३३.१२ रुपैयाँ र पिई अनुपात १९२.५५ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.