मंगलवार, आश्विन १३,२०८३ 08:48:02
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:48:02
Bizshala
Global IME Bank Limited

आम्दानी घटेतापनि लक्ष्मी सनराइज बैंकको खुद नाफामा सामान्य वृद्धि

Bizshala
आम्दानी घटेतापनि लक्ष्मी सनराइज बैंकको खुद नाफामा सामान्य वृद्धि
New Office

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार आम्दानी घटेतापनि बैंकको खुद नाफा बढेको छ । ।  

बैंकले तेस्रो त्रैसमासम्ममा १ अर्ब ६५ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २.२४ प्रतिशतले बढी हो ।  

बैंकको खुद ब्याज आम्दानी भने ७.३० प्रतिशतले घटेर ७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म बैंकले ८ अर्ब ५१ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद सञ्चालन आम्दानी ९.०५ प्रतिशतले बढेर ७ अर्ब ४ करोड र सञ्चालन मुनाफा पनि १३.३३ प्रतिशतले बढेर २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

७७ करोड २७ लाख रुपैयाँबराबरको रिटेन्ड अर्निङ भएको बैंकको रिजर्भमा १७ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप संकलन ३ खर्ब २८ अर्ब रुपैयाँबाट बढेर ३ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। यस्तै बैंकले कर्जा विस्तारलाई पनि २ खर्ब ४७ अर्बबाट बढाएर २ खर्ब ७६ अर्ब रुपैयाँ पुर्याएको छ ।  

तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ७७ करोड २७ लाख रुपैयाँ र लाभांश क्षमता ३.१७ प्रतिशत रहेको छ । अघिल्लो आवमा भने बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २४ करोड रुपैयाँले ऋणात्मक र लाभांश क्षमता ५.३८ प्रतिशतले ऋणात्मक थियो । बैंकको खराब कर्जा अनुपात केही घटेको छ । खराब कर्जा अनुपात २.२४ प्रतिशतबाट घटेर २.०७ प्रतिशतमा झरेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ९.०५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७६.१६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४.०८ गुणा र तरलता अनुपात २६.३२ प्रतिशत रहेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.