आईतवार, बैशाख ६,२०८३ 03:50:05
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 03:50:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकको अगुवाईमा १०२ मेगावाटको जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता

Bizshala
लक्ष्मी सनराइज बैंकको अगुवाईमा १०२ मेगावाटको जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता
Shivam Cement

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाईमा सह–वित्तियकरणमा सहभागी बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिबीच कम्पनीले लमजुङ्ग जिल्लास्थित मर्स्याङ्दी नदीमा निमार्ण गर्ने १०२ मेवा क्षमताको अप्पर मर्स्याङ्दी–१ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ। सो आयोजनाको कूल लागत रु.२१.४० अर्ब रहेको छ। यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने बैंकले जनाएको छ।

अपर मर्स्याङ्दी हाइड्रोपावर–१ ले पुस १० २०७५ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमतिपत्र लिनुका साथै पुस ०९, २०८१ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता समेत गरिसकेको छ। सो कम्पनीको प्रवर्द्वकको रुपमा केसी ग्रुप र क्याल ग्रुप रहेका छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्त्वमा सह–वित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । बाँकी २५.२३ प्रतिशत कम्पनीका प्रवर्द्वक र संस्थापकहरुको लगानी रहनेछ। लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्मलोन) प्रतिवद्धता ७ अर्ब रहेको छ । सह–वित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा ग्लोबल आइएमइ बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्ब समेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ।

CG Motors
Garima Development Bank
IME remit

सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिब ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो ठुला स्वतन्त्र उर्जा उत्पादक मध्य एकको रुपमा रहने विश्वास लिइएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.