काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र सुबिसु केबल नेटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सुबिसु केबल नेटको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन् । ग्राहकहरूले ३०० एमबीपीएस ब्यान्डविथ क्षमता भएको इन्टरनेट जडानको क्रममा १५% साथै २०० एमबीपीएस र ८० एमबीपीएस इन्टरनेट जडानको क्रममा ५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
सुबिसुबाट नयाँ इन्टरनेट जडान गर्न र लागू हुने छुटहरू प्राप्त गर्न ग्राहकहरूलेजततउकस्ररअबmउबष्नल।कगदष्कग।लभत।लउरअष्तष्शभल(दबलप लिङ्क प्रयोग गरेर दर्ता गर्नुपर्नेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।