आईतवार, बैशाख ६,२०८३ 03:49:55
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 03:49:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्नेबारे साझेदारी

Bizshala
लक्ष्मी सनराइज बैंक र आईएफसीबीच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्नेबारे साझेदारी
Shivam Cement

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको साझेदारीमा ‘एम्पावर फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ। नेपालमा यस प्रकारको पहिलो पहलको रूपमा गरिएको यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरु चाल्ने बैंकले जनाएको छ।अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पुर्याउने बैंकले उल्लेख गरेको छ।

पति–पत्नि, वृद्व आफन्त वा घरपरिवारका अन्य सदस्यहरुमाथि नियन्त्रण जमाउदैँ हुने वित्तीय स्रोतहरूको दुरुपयोग वित्तीय दुरुपयोग हो।यसमा परिवारका सदस्यहरुको बैंक खाता र कर्जा जस्ता वित्तीय साधनहरुको दुरूपयोग जस्तै, आफ्नो बैंक खाता आफ्नो नभई अरुको नियन्त्रणमा हुनु, वित्तीय संस्थाहरुबाट आफ्नो लागि नभई अरुका लागि ॠणलिन बाध्य बनाइनु जस्ता कृयाकलापहरु पर्दछन्।यसले वित्तीय समावेशीकरणका प्रयासलाई कमजोर बनाउनुका साथै वित्तीय नोक्सान, क्रेडिटरेटिंग तथा प्रतिष्ठानमा नकारात्मक असर र वित्तीय संस्थाप्रतिको विश्वासको संकट निम्त्याउने जस्ता गम्भीर प्रभाव पार्न पनि सक्छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

‘वित्तीय दुरुपयोगले जनजीवनमा विभिन्न अवरोध पुर्याउनुका साथै वित्तीय प्रणालीप्रतिको विश्वासलाई पनि घटाउँछ।यस साझेदारीमार्फत हामी वित्तीय दुरुपयोगलाई पहिचान र रोकथाम गर्न वित्तीय संस्थाहरूमा नै मानकहरू लागू गरी प्रणालीगत सुधार ल्याउन र वित्तीय गतिविधिहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्न चाहन्छौँ’,आईएफसीका बङ्गलादेश, भुटान, र नेपालको देशीय प्रबन्धक मार्टिन होल्टमानले भने ।  

CG Motors
Garima Development Bank
IME remit

एम्पावर फाइनान्स एलायन्समार्फत आईएफसीले लक्ष्मी सनराइज बैंकलाई सुरक्षित बैंकिङ सेवाहरू विकास गर्न आवश्यक मार्ग निर्देशन दिनेछ।यसले बैंकलाई वित्तीय दुरुपयोग रोकथाम र समाधानमा आफ्नो भूमिका परिभाषित गर्न र कार्यान्वयनको अवस्था जानकारीका लागि आन्तरिक परीक्षण गर्न सहयोग पुर्याउने जनाइएको छ । 

‘यो साझेदारी बैंकिङ क्षेत्रमा वित्तीय दुरुपयोग जस्तो महत्त्वपूर्ण तर प्रायःबेवास्ता गरिने समस्यालाई समाधान गर्नेतर्फ एक महत्वपूर्ण कदम हो,’ लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले भने । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.