काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ।
बैंकको काठमाण्डौ महानगरपालिका–२२ स्थित पाको, न्युरोडमा रहेको शाखालाई ललितपुर महानगरपालिका–९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको छ। स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले न्युरोड मै रहेको अर्को शाखा (अघिल्लो शाखाबाट ३०० मिटरपूर्वतर्फ) मार्फत सेवा लिन सक्नेछन्।
स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरु माझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ।स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ।
हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२५ एटीएम, २६ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन्।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                