आईतवार, असार २२,२०८२ 11:49:02
  • आईतवार, असार २२,२०८२ 11:49:02
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकको नाफा र आम्दानीमा सुधार, निक्षेप र कर्जा प्रवाह पनि बढ्यो

Hyundai Nepal
लक्ष्मी सनराइज बैंकको नाफा र आम्दानीमा सुधार, निक्षेप र कर्जा प्रवाह पनि बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले गत आवको चौथौ त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद नाफा र आम्दानी बढेको छ ।  

बैंकले चौथौ त्रैसमासम्ममा ३ अर्ब ३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको २ अर्ब २८ करोड रुपैयाँको तुलनामा ३२.७८ प्रतिशतले बढी हो ।  

यस्तै बैंकको खुद ब्याज आम्दानी पनि १०३.९६ प्रतिशतले बढेर ११ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी ६८ प्रतिशतले बढेर १० अर्ब ६५ करोड र सञ्चालन मुनाफा पनि ३५.९८ प्रतिशतले बढेर ४ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

१ अर्ब २८ करोड रुपैयाँबराबरको रिटेन्ड अर्निङ भएको बैंकको रिजर्भमा १६ अर्ब २८ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा २ खर्ब ९६ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गरेको बैंकले ३ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै बैंकले कर्जा विस्तारलाई पनि २ खर्ब ४७ अर्बबाट बढाएर २ खर्ब ५० अर्ब रुपैयाँ पुर्याएको छ ।  

चौथौ त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २८ करोड रुपैयाँ र लाभांश क्षमता ५.५५ प्रतिशत रहेको छ । खराब कर्जा अनुपात भने बढेको छ । खराब कर्जा अनुपात २.९१ प्रतिशतबाट बढेर ४.७२ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १३.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७५.८० रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.३७ गुणा र तरलता अनुपात ३४.०८ प्रतिशत रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.