काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लक्ष्मी सनराईज बैंकको सेयरमूल्य समायोजन गरेको छ ।
बैंकले ५ प्रतिशत बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।
आज बजार बन्द हुनुभन्दा अघिसम्म कायम सेयरमूल्य २८७ रुपैयाँको आधारमा बोनस सेयर वितरणपछि बैंकको सेयरमूल्य २७३.३३ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।