शुक्रबार, मंसिर ११,२०८३ 05:32:18
  • शुक्रबार, मंसिर ११,२०८३ 05:32:18
Global IME Bank Limited

नेप्सेले मार्जिन कारोबारको विवरण दैनिक सार्वजनिक गर्ने, लगानीकर्ताले वेबसाइटबाटै हेर्न पाउने

Bizshala
नेप्सेले मार्जिन कारोबारको विवरण दैनिक सार्वजनिक गर्ने, लगानीकर्ताले वेबसाइटबाटै हेर्न पाउने
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबार सुविधाअन्तर्गत भएका कारोबारको विवरण दैनिक रूपमा सार्वजनिक गर्ने भएको छ।

नेप्सेले मार्जिन कारोबार सुविधा उपलब्ध गराउने ब्रोकर कम्पनीहरूलाई कारोबारको विवरण निर्धारित ढाँचामा नियमित रूपमा बुझाउन निर्देशन दिएको हो।

नेप्सेद्वारा जारी सूचनाअनुसार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०८२ को परिच्छेद–८ को दफा २१ को सूचनासम्प्रेषण सम्बन्धी व्यवस्थाबमोजिम यस्तो व्यवस्था लागू गरिएको हो।

उक्त व्यवस्थाअनुसार कारोबार सदस्यहरूले मार्जिन कारोबार सुविधाअन्तर्गत भएका कारोबारको विवरण अनुसूची–४ बमोजिमको ढाँचामा कारोबार भएको अर्को कारोबार दिनको मध्याह्न १२ बजेसम्म नेप्सेलाई उपलब्ध गराउनुपर्नेछ।

त्यस्तै, नेप्सेले प्राप्त विवरणलाई अनुसूची–५ बमोजिमको ढाँचामा अर्को कारोबार दिनसम्म आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्ने व्यवस्था रहेको जनाएको छ।

CG Motors
Garima Development Bank
IME remit

नेप्सेका अनुसार कारोबार सदस्यहरूले उपलब्ध गराउने विवरणको एकीकृत प्रतिवेदन नेप्सेको वेबसाइटमार्फत सम्प्रेषण गर्ने व्यवस्था मिलाइएको छ।

यससँगै आगामी सातादेखि कारोबार सदस्यहरूले मार्जिन कारोबार सुविधाअन्तर्गत भएका कारोबारको एकीकृत विवरण नेप्सेको आधिकारिक वेबसाइटमार्फत हेर्न सक्नेछन्।

मार्जिन कारोबारसम्बन्धी सूचनाको प्रवाहलाई थप सुदृढ र व्यवस्थित बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको नेप्सेले स्पष्ट पारेको छ।

यो व्यवस्थाले मार्जिन कारोबारको विवरण सार्वजनिक हुने प्रक्रियालाई नियमित बनाउने तथा कारोबारसम्बन्धी सूचनामा पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.