तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'
काठमाण्डौ । तिहारपछिको पहिलो कारोबार दिन सेयरबजारले सकारात्मक लय समात्न सकेन। लामो पर्व बिदापछि खुलेको बजारमा लगानीकर्ताको सक्रियता अपेक्षाकृत कमजोर देखिँदा नेप्से परिसूचक सामान्य अंकले घटेको छ।कारोबारको अन्त्यमा नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा सीमित भएको छ। सूचकमा ठूलो गिरावट नदेखिए पनि कारोबार रकम र अधिकांश समूहको प्रदर्शनले लगानीकर्ताहरू अझै...

