काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच शुक्रबार भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमणका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले भारत भ्रमणका बारेमा जानकारी गराउनुका साथै मुलुकको समसामयिक परिस्थितिबारे समेत छलफल गरेका थिए।
प्रधानमन्त्री शाह हालै भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका हुन्।
भेटवार्तामा भारत भ्रमणका क्रममा भएका द्विपक्षीय छलफल तथा सहमतिका विषयमा राष्ट्रपतिलाई जानकारी गराइएको हो। यद्यपि, समसामयिक विषयमा भएको छलफलको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।