नेताहरुलाई बालेनको प्रश्न: 'चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?'
काठमाण्डौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले शीर्ष राजनीतिक दलका नेताहरूप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै उनले जेनजी आन्दोलनमा आफूमाथि लागेका विभिन्न आरोपहरूको कडा जवाफ दिएका छन्। यो घटना भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग जोडिएको छ, जसमा आगजनी र तोडफोडका घटनाहरू भएका थिए।

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        