बुधबार, जेष्ठ १३,२०८३ 04:33:51
Bizshala
  • बुधबार, जेष्ठ १३,२०८३ 04:33:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ट्रेड युनियनमाथि सरकारी ‘एक्सन’: राजनीतिक संगठनमा आबद्ध २० कर्मचारी एकैपटक दुर्गममा सरुवा

Laxmi Sunrise Bank Limited
ट्रेड युनियनमाथि सरकारी ‘एक्सन’: राजनीतिक संगठनमा आबद्ध २० कर्मचारी एकैपटक दुर्गममा सरुवा
Shivam Cement

काठमाण्डौ । सरकारले राजनीतिक दलनिकट ट्रेड युनियनमा आबद्ध कर्मचारीमाथि ‘टार्गेटेड ट्रान्सफर’ अभियान चलाएको आरोप लागेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा गृह मन्त्रालयले विभिन्न दुर्गम जिल्लामा २० कर्मचारीलाई एकैपटक खटाएपछि निजामती प्रशासनभित्र नयाँ विवाद चर्किएको हो ।

Bizshala
New Office
CG Motors

सरुवा गरिएका अधिकांश कर्मचारी विभिन्न राजनीतिक दलनिकट कर्मचारी संगठनका सक्रिय पदाधिकारी तथा प्रभावशाली सदस्य रहेको खुलेपछि यो कदमलाई “प्रशासनिक आवश्यकता भन्दा बढी राजनीतिक प्रतिशोध” का रूपमा हेरिन थालिएको छ ।

गृह मन्त्रालयले संघीय मामिला मन्त्रालयबाट आएको सूचीका आधारमा आफू मातहतका कार्यालयमा उनीहरूलाई खटाएको जनाएको छ । सरुवा हुने सबै कर्मचारी नायब सुब्बा (नासु) तहका छन् ।

विशेषगरी एमालेनिकट कर्मचारी संगठनका महासचिव आरसी अधिकारीसहित विभिन्न ट्रेड युनियनका सक्रिय पदाधिकारीहरू दुर्गम क्षेत्रमा पठाइएपछि कर्मचारी वृत्तमा तीव्र असन्तुष्टि फैलिएको छ ।

कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवालले सरकारमाथि अदालतको आदेशलाई समेत बेवास्ता गर्दै “बदला शैली” मा सरुवा गरिएको आरोप लगाएका छन् ।

Garima Development Bank
Shivam Cement
Bizshala

‘अदालतको अन्तरिम आदेश हुँदाहुँदै संगठनमा आबद्ध कर्मचारीलाई छानेर दुर्गममा पठाइएको छ,’ कटुवालले भने, ‘यो प्रशासनिक निर्णय कम, प्रतिशोधपूर्ण कारबाही बढी हो । अब संगठनभित्र छलफल गरेर थप कदम चाल्छौं ।’

कर्मचारी संगठनहरूका अनुसार पछिल्लो समय सरकार र ट्रेड युनियनबीच सम्बन्ध चिसिँदै गएको बेला आएको यो निर्णयले प्रशासनभित्रको शक्ति संघर्ष सतहमा ल्याइदिएको छ । विशेषगरी कर्मचारी समायोजन, सरुवा मापदण्ड र राजनीतिक पहुँचको विषयलाई लिएर लामो समयदेखि असन्तुष्टि बढ्दै आएको थियो ।

स्रोतका अनुसार सरुवा सूची तयार गर्दा सामान्य प्रशासन मन्त्रालयभित्रै “युनियन क्लिनअप” को रणनीतिअन्तर्गत केही नामहरू छनोट गरिएको चर्चा छ । यही कारण यो निर्णयलाई सामान्य नियमित सरुवाभन्दा फरक रूपमा हेरिएको छ ।

निजामती प्रशासनका जानकारहरू भने यस्तो शैलीले कर्मचारी संयन्त्रभित्र थप ध्रुवीकरण र अस्थिरता निम्त्याउने चेतावनी दिन्छन् । उनीहरूका अनुसार सरकारले प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाउने दाबी गरिरहे पनि व्यवहारमा भने राजनीतिक आबद्धताकै आधारमा ‘रिवार्ड र पनिसमेन्ट’ को संस्कृति झन् गहिरिँदै गएको संकेत देखिएको छ ।

सरकारले भने यो सरुवालाई नियमित प्रशासनिक प्रक्रिया भएको दाबी गरेको छ । तर राजनीतिक ट्रेड युनियनसँग जोडिएका कर्मचारीहरू मात्र एकैपटक दुर्गममा खटाइएपछि निर्णयमाथि गम्भीर प्रश्न उठ्न थालेका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.