मंगलवार, श्रावण १९,२०८३ 09:55:13
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 09:55:13
Bizshala
Global IME Bank Limited

आजको मन्त्रिपरिषद् बैठकबाट डेपुटी गभर्नर नियुक्ति हुन सक्ने

आजको मन्त्रिपरिषद् बैठकबाट डेपुटी गभर्नर नियुक्ति हुन सक्ने
New Office

काठमाण्डौ । नयाँ सरकार गठन भएपछि आज अपराह्न ४ बजे दोस्रो मन्त्रिपरिषद् बैठक बस्दैछ । यो बैठकले राष्ट्र बैंकमा रिक्त दुई डेपुटी गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको छ । 

नेपाल राष्ट्र बैंकमा तीन सातादेखि डेपुटी गभर्नर पद रिक्त रहेको छ । यहीकारण मौद्रिक नीति, बैंकिङ क्षेत्रको नियमन तथा समग्र वित्तीय स्थिरतामा प्रभाव परिरहेको बताइएको छ । डेपुटी गभर्नरको नियुक्तिकै विषयमा हिजो-आइतबार) अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलबीच अर्थमन्त्रालयमा छलफल भएको थियो । सो छलफलकै क्रममै गभर्नर डेपुटी गभर्नरमा नियुक्तिका लागि नामहरु सिफारिस गरिसकेका स्रोतको भनाई छ । 

यस्तै, आजको क्याबिनेटबाट बाँकी केही महत्वपूर्ण पद तथा निकायमा समेत नियुक्ति गर्ने सम्भावना व्यक्त गरिएको छ । आजको बैठकबाट महान्यायाधिवक्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष  समेत नियुक्त हुनसक्ने दाबी गरिएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.