बुधबार, असार १०,२०८३ 10:55:25
Bizshala
  • बुधबार, असार १०,२०८३ 10:55:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बैशाख १ गतेदेखि कक्षा १२ सम्मका विद्यार्थीलक्षित प्रवेश परीक्षा कक्षा र ब्रिज कोर्स चलाउन नपाइने

Laxmi Sunrise Bank Limited
बैशाख १ गतेदेखि कक्षा १२ सम्मका विद्यार्थीलक्षित प्रवेश परीक्षा कक्षा र ब्रिज कोर्स चलाउन नपाइने

काठमाण्डौ । सरकारले निजी संस्थाहरूले सञ्चालन गर्दै आएका कक्षा १२ सम्मका विद्यार्थी लक्षित प्रवेश परीक्षा तयारी कक्षा तथा ब्रिज कोर्समाथि कडाइ गर्ने निर्णय गरेको छ। आगामी वैशाख १ गतेदेखि यस्ता सबै कार्यक्रमहरू देशभर पूर्ण रूपमा रोक लगाइने भएको हो।

New Office
CG Motors
Garima Development Bank

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको जानकारी अनुसार यी कार्यक्रमहरूले विद्यार्थीमा मानसिक दबाब सिर्जना गर्नुका साथै शिक्षामा समान पहुँचमा असर पुर्‍याउने निष्कर्ष निकालिएको छ। साथै, अभिभावक र विद्यार्थीमाथि अनावश्यक आर्थिक भार थपिएको पनि मन्त्रालयको ठहर छ।

मन्त्रालयका अनुसार विद्यालय तथा कलेज भर्ना प्रक्रिया सुरु हुनुअघि नै विभिन्न संस्थाहरूले प्रवेश परीक्षालाई लक्षित गर्दै यस्ता कक्षा सञ्चालन गर्दै आएका थिए, जसले प्रतिस्पर्धालाई अस्वस्थ बनाएको भन्दै रोक लगाइएको हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस विषयमा मन्त्रीस्तरबाट चैत १३ गते नै निर्णय भइसकेको र सो निर्णय कार्यान्वयन गर्न सबै सरोकारवालालाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताएका छन्।

अबदेखि कुनै पनि संस्थाले यस्तो कार्यक्रम सञ्चालन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ। अनुगमनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयहरूलाई दिइएको मन्त्रालयले स्पष्ट पारेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.