मंगलवार, श्रावण १९,२०८३ 10:15:09
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 10:15:09
Bizshala
Global IME Bank Limited

दुई दिन बिदासँगै कार्यालय-समय फेरियो, बिहान ९ देखि साँझ ५

दुई दिन बिदासँगै कार्यालय-समय फेरियो, बिहान ९ देखि साँझ ५
New Office

काठमाण्डौ । इन्धन आपूर्तिमा देखिएको असहजताबीच सरकारले सार्वजनिक निकायहरूमा साप्ताहिक बिदा दुई दिन पुर्‍याउने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी चैत २३ गतेदेखि लागू हुनेगरी शनिबार र आइतबार दुबै दिन बिदा दिने व्यवस्था गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार ऊर्जा खपत घटाउने र व्यवस्थापन सहज बनाउने उद्देश्यले यस्तो कदम चालिएको हो।

नयाँ व्यवस्थाअनुसार सरकारी कार्यालयहरूको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ। भने शैक्षिक संस्थाहरूमा भने यो समय लागू नहुने जनाइएको छ।

बैठकले विकास साझेदार संस्थाहरूबाट ठूला परिमाणमा सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ। ‘डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट’ का लागि एसियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर गरी ९० मिलियन डलर बराबरको ऋण लिने निर्णय भएको छ। त्यस्तै ‘दिगो र समावेशी वित्त परियोजना’ का लागि विश्व बैंकबाट ९५ मिलियन डलर बराबरको ऋण स्वीकृत गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सबै मन्त्रालय, सचिवालय, आयोग तथा मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण गर्न पनि पूर्वस्वीकृति दिइएको छ।

त्यसैगरी, राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

पर्यावरण संरक्षण र इन्धन खपत घटाउने लक्ष्यसहित डिजेल र पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ।

यसैबीच, आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय समेत बैठकले गरेको छ। मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयमा भने अर्को मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने प्रवक्ता पोखरेलले बताएका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.