बिहीबार, श्रावण १४,२०८३ 02:53:30
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 02:53:30
Bizshala
Global IME Bank Limited

विराटनगरमा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी

विराटनगरमा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी
New Office

काठमाण्डौ । सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै हिन्दुवादी संघ–संगठनहरूले मोरङ जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गरेका छन्।

विश्व हिन्दू परिषद्को अगुवाइमा आयोजित विरोध प्रदर्शनमा विभिन्न हिन्दुवादी संगठनका प्रतिनिधिहरू सहभागी भएका थिए। विराटनगरको मेनरोडस्थित हनुमान मन्दिरबाट सुरु भएको जुलुस जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वारसम्म पुगेको थियो।

प्रदर्शनका क्रममा सहभागीहरूले बालेन्द्र साह र गृहमन्त्री सुदन गुरुङविरुद्ध नाराबाजी समेत गरेका छन् । प्रदर्शनकारीले ‘बालेन सरकार मूर्दावाद’, ‘गृहमन्त्री सुदन गुरुङ मूर्दावाद’, ‘हत्यारा सरकार राजीनामा दे’ जस्ता नारा लगाएका छन् ।

सरकार घटनाप्रति गम्भीर नदेखिएको आरोप लगाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरे। संभावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने प्रशासन परिसरअघि ब्यारिकेटसमेत राखिएको थियो। विराटनगरका संवेदनशील क्षेत्रमा सुरक्षा सतर्कता पनि बढाइएको छ।

आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज क्षेत्रमा दुई समुदायबीच भएको झडपमा एक युवाको मृत्यु भएपछि तराई–मधेसका विभिन्न जिल्लामा विरोध प्रदर्शन जारी छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.