गृहमन्त्री गुरुङको सन्देश: 'वर्दी डरको होइन भरोसाको प्रतीक बनोस्'
काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक संगठनका रूपमा विकास गर्न कानुनी सुधार, सेवा सुविधाको विस्तार तथा प्रविधि र पूर्वाधारमा लगानी सरकारको प्राथमिकतामा रहेको बताएका छन्।असोज ३० गते नक्सालस्थित प्रहरी मुख्यालयमा आयोजित ७१औँ नेपाल प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा सम्बोधन गर्दै उनले नयाँ कानुनमार्फत...

