काठमाण्डौ । पछिल्लो समय मुलुकका विभिन्न स्थानमा देखिएको अशान्त अवस्थालाई शान्ति र धार्मिक सद्भावतर्फ लैजाने उद्देश्यले गृहमन्त्री सुधन गुरुङले विभिन्न धार्मिक संघसंस्था तथा समुदायका अगुवासँग छलफल गरेका छन्।
मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री गुरुङले हिन्दुवादी संघसंस्थाका प्रतिनिधिसँग भेटवार्ता गरेपछि मुस्लिम समुदायका अगुवाहरूसँग पनि छलफल गरेका हुन्।
गृह मन्त्रालयका अनुसार छलफलमा धार्मिक सद्भाव कायम गर्ने, सामाजिक तनाव न्यूनीकरण गर्ने र स्थानीय स्तरमा देखिएका विवादलाई संवादमार्फत समाधान गर्ने विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो।
गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका महाशाखा प्रमुखहरू तथा अन्य अधिकारीहरूको सहभागिता रहेको छलफलमा पछिल्लो समय सुनसरीसहित मधेसका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्थाबारे पनि छलफल भएको जनाइएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।