काठमाण्डौ । हामी नेपालका संस्थापक सुदन गुरूङले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। उनले यो घोषणा शुक्रबार सामाजिक सञ्जालमार्फत गरेका हुन्।
‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु । आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल,’ उनले फेसबुकमा लेखेका छन् ।
हालसम्म उनले कुन पार्टीको तर्फबाट चुनाव लड्ने भन्ने स्पष्ट गरेका छैनन्। तर, पछिल्लो समय उनी काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह, कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच एकता गर्ने प्रयासमा सक्रिय देखिएका थिए।

