सोमबार, आश्विन २६,२०८३ 02:25:44
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 02:25:44
Bizshala
Global IME Bank Limited

बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

Bizshala
बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान
New Office

काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन्।

गुरुङ सोमबार दिउँसो १:३० बजेको नेपाल एयरलाइन्सको उडानमार्फत नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन्। बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठक मंगलबार नयाँ दिल्लीमा हुँदैछ। सन् १९९७ मा बिमस्टेक स्थापना भएयता पहिलोपटक यस्तो बैठक आयोजना हुन लागेको हो। 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन्। यद्यपि बंगलादेशका गृहमन्त्री बैठकमा सहभागी नहुने र त्यहाँको प्रतिनिधित्व गृह मन्त्रालयका वरिष्ठ सचिव नेतृत्वको टोलीले गर्ने जनाइएको छ। 

बैठकमा यसअघि बिमस्टेकका गृहसचिव तथा राष्ट्रिय सुरक्षा सल्लाहकारस्तरीय छलफलबाट सिफारिस भएका बहुआयामिक सुरक्षा मुद्दामाथि छलफल हुने अपेक्षा गरिएको छ। क्षेत्रीय सुरक्षा सहकार्य, कानुन कार्यान्वयन निकायबीच समन्वय, आतंकवाद नियन्त्रण तथा सीमापार अपराधविरुद्धको सहकार्य बैठकका प्रमुख विषय रहनेछन्। 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सन् २०१८ मा काठमाडौँमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले सदस्य राष्ट्रका कानुन कार्यान्वयन निकाय, गुप्तचर तथा सुरक्षा एजेन्सीबीच सहकार्य र समन्वय सुदृढ गर्ने प्रतिबद्धता जनाएको थियो। सोही प्रक्रियाको निरन्तरताका रूपमा गृहमन्त्रीस्तरीय बैठक आयोजना हुन लागेको हो। 

बैठकअघि बिमस्टेक सदस्य राष्ट्रका गृहसचिव तथा वरिष्ठ अधिकारीहरूको बैठक बस्नेछ, जसले गृहमन्त्रीस्तरीय छलफलका एजेन्डा र प्रस्तावलाई अन्तिम रूप दिनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.