बुधबार, भाद्र ३,२०८३ 07:44:55
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 07:44:55
Bizshala
Global IME Bank Limited

गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानका लागि गृहमन्त्रीले खोजे उर्जामन्त्रीको साथ

गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानका लागि गृहमन्त्रीले खोजे उर्जामन्त्रीको साथ
New Office

काठमाण्डौ । गृहमन्त्री सुधन गुरूङ गोरखा १ का जलविद्युत् व्यवसायी लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका छन् । आफ्नो क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनामा देखिएका समस्या लिएर मन्त्री गुरूङ ऊर्जा मन्त्रालय पुगेका हुन् ।

उर्जामन्त्री विराजभक्त श्रेष्ठ र नेपाल विद्युत प्राधिकरणको टिमले उनीहरूको समस्या सुनेको छ । व्यवसायीहरूले उत्पादनको तयारीमा रहेको भन्दै प्रसारण लाइनको विस्तारदेखि विभिन्न व्यवस्थापकीय विषय उठाएका थिए ।

मन्त्री गुरूङले  गोरखा जिल्लाका नदीमा निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाको निर्माणका क्रममा आइपरेका समस्या समाधानका लागि सहजीकरण गर्न ऊर्जामन्त्री श्रेष्ठ र विद्युत प्राधिकरणलाई अनुरोध गरेका थिए ।  

Bizshala
CG Motors

मन्त्री गुरूङले जलविद्युत् व्यवसायीलाई पनि सिएसआरमा पारदर्शिता हुनुपर्ने, राजनीति नगरी व्यवसायमात्र गर्नुपर्ने र जलविद्युत् आयोजनाबाट त्यहाँको जनताले सुविधा पाउनुपर्ने बताए । उनले सरकारबाट पूर्ण सहजीकरण हुने र प्राधिकरणले बाधाहरू फुकाउने भन्दै राजनीति नगरि काम गर्न जलविद्युत् व्यवसायीलाई भनेका थिए ।

छलफलमा ऊर्जामन्त्री श्रेष्ठले गोरखाका जलविद्युत् आयोजना निर्माणमा देखिएका समस्या समाधानका लागि पूर्ण सहजीकरण गर्ने प्रतिबद्धता जनाए । उनले सहजीकरण गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन पनि दिए ।

गोरखामा बुढीगण्डकीसहित १० भन्दा जलविद्युत् आयोजना निर्माण भइरहेको छ । निर्माणका क्रममा आएका समस्या बोकेर गृहमन्त्री गुरूङ ऊर्जा मन्त्रालय आएका थिए ।

विद्युत प्रधिकरणका कामु निर्देशन दिर्घायु श्रेष्ठले पनि जलविद्युत् आयोजना निर्माणमा देखिएका समस्या सम्बोधनको लागि पहल भइरहेको र प्रसारण लाइनको समस्याका लागि स्रोत जुटाउन गृहकार्य भइरहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.