मंगलवार, आश्विन १३,२०८३ 07:15:24
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:15:24
Bizshala
Global IME Bank Limited

एमाले महासचिवको चेतावनी-'ओलीको गिरफ्तारी महंगो पर्नेवाला छ, तत्काल रिहा गर'

Bizshala
एमाले महासचिवको चेतावनी-'ओलीको गिरफ्तारी महंगो पर्नेवाला छ, तत्काल रिहा गर'
New Office

काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रतिशोध साँधिएको आरोप लगाउँदै त्यसको मूल्य महंगो पर्ने चेतावनी दिएका छन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सामाजिक सञ्जालमा बिहानदेखि नै लगातार पोस्टहरु सार्वजनिक गरिरहेका महासचिव पोखरेलले ओलीलाई पक्राउ गरेर भद्रकाली लगिएपछि केहीबेरअघि फेरि अर्को पोस्ट राख्दै  सरकारलाई यस्तो चेतावनी दिएका हुन् ।  ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ। जिम्मेवार बन, अविलम्ब रिहा गर१’। उनले लेखेका छन् ।  

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरी दर्जनौ निहत्था नागरिकको ज्यान लिएको घटनामा छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक आयोगले दोषी करार गरेपछि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीलाई आज बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । आफ्ना अध्यक्ष पक्राउको विरोधमा एमालेका एकपछि अर्को नेताले विरोध जनाइरहेका छन् ।  

आजै एमालेको आकस्मिक सचिवालय बैठक बोलाइएको छ भने त्यसबाट देशव्यापी आन्दोलनको घोषणा गर्न लागिएको नेताहरुले बताएका छन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.