काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह ले पहिलो चरणमा सीमित सदस्यसहित सानो सचिवालय टिम गठन गरेका छन्। बाँकी सदस्यहरू भने सोमबारसम्म थपिने तयारी गरिएको छ।
शुक्रबार पदभार सम्हालेसँगै शाहले प्रमुख सल्लाहकारमा कुमार बेन, राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त गरेका छन्। यस्तै, मुख्य स्वकीय सचिवमा सुवास शर्मा, प्रशासन प्रमुखमा सुदिप ढकाल र सूचनाप्रविधि संयोजकमा विवेक मिश्रलाई जिम्मेवारी दिइएको छ।
सरकारीतर्फ निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारले पाएका छन् भने पीएसओमा डीएसपी दिपेश बस्याल खटिएका छन्।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार सचिवालय विस्तारको काम जारी रहेको छ र बाँकी नियुक्तिहरू एक/दुई दिनमै टुंगो लगाइनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।