मंगलवार, श्रावण १२,२०८३ 11:50:41
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 11:50:41
Bizshala
Global IME Bank Limited

ट्रम्पका विशेष दूत सर्जियो गोर आज नेपाल आउँदै, बालेनसँगको भेट अनिश्चित

ट्रम्पका विशेष दूत सर्जियो गोर आज नेपाल आउँदै, बालेनसँगको भेट अनिश्चित
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियासम्बन्धी विशेष दूत तथा भारतका लागि अमेरिकी राजदूतसमेत रहेका सर्जियो गोर आज तीन दिने औपचारिक भ्रमणका लागि काठमाण्डौ आइपुग्दै छन्।

उनको नेपाल भ्रमण, हालै मात्र दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुरको तीनदिने भ्रमण सम्पन्न भएको करिब ११ दिनपछि हुन लागेको हो।

नेपाल बसाईको क्रममा उनले अर्थमन्त्री स्वर्णिम वाग्ले तथा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गर्ने कार्यक्रम तय भएको छ । उनको भ्रमण दुई देशबीच लगानी र आर्थिक सहकार्यमा केन्द्रित रहने अपेक्षा गरिएको छ।

गोरले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाहसँग भेट गर्नेबारे भने केही पनि जानकारी दिइएको छैन ।

यसैबीच, भारतीय विदेश सचिव विक्रम मिस्री पनि आगामी वैशाख २८ गते नेपाल भ्रमणमा आउने तयारीमा छन्। उनले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिने अपेक्षा गरिएको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.