काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन बोलाएका छन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले चैत १९ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेपछि सोही आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सरकारको सिफारिसअनुसार चैत १९ गते दिउँसो २ बजेका लागि बैठक तय गरिएको छ।
फागुन २१ गते सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठन भएयता पहिलोपटक संघीय संसद्को अधिवेशन बोलाइएको हो।

