काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनसम्बन्धी विषयमा गठित जाँचबुझ आयोगमा आफ्नो लिखित जवाफ पेश गरेका छन्। गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका विषयमा जानकारी लिन आयोगले मेयर शाहलाई लिखित रूपमा प्रश्नावली पठाएको थियो।
शाहले गत पुस ७ गते राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका थिए । आयोगले आइतबार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित बयान लिएको थियो ।
त्यसअघि तल्ला तहका सुरक्षा अधिकारीहरूकाठमाण्डौका तत्कालीन प्रहरी प्रमुख, उपत्यका प्रहरी कार्यालय, प्रहरी मुख्यालयका उच्चपदस्थ अधिकारीहरू, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, काठमाण्डौका प्रमुख जिल्ला अधिकारी, तत्कालीन गृहसचिव, मुख्यसचिवलगायत विभिन्न निकायका जिम्मेवार पदाधिकारीहरूसँग आयोगले बयान लिएको थियो ।

