बिहीबार, फाल्गुन ७,२०८२ 09:17:22
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 09:17:22
Bizshala
Global IME Bank Limited

जेन-जीका दुई आदर्श पात्रबीच तिक्तता, हर्कले बालेनलाई 'डरपोक'को संज्ञा दिए

जेन-जीका दुई आदर्श पात्रबीच तिक्तता, हर्कले बालेनलाई 'डरपोक'को संज्ञा दिए
Shivam Cement

काठमाण्डौ । जेनजी पुस्ताबीच आदर्शका पात्र बनेका दुई लोकप्रिय व्यक्तिबीच तिक्तता बढेको देखिएको छ ।  

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह९बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच तिक्तता सुरु भएको हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

हुन त बिहीबार सेनाको जंगीअड्डा अगाडि भेला भएका युवाहरुबीच पनि एकअर्कालाइ हर्क र बालेन समूहभन्दै कुटाकुट भएको थियो । हर्क पक्षधरले बालेनको नाम किन लिएको भन्दै केही जेनजी र युवालाई कुटपिट गरेको थियो । यससँग सम्बन्धित भिडियो यसअघि नै सार्वजनिक भइसकेको छ ।  

कार्यकर्ता र शुभेच्छुकको स्तरमा देखिएको फाटोको आगो मुख्य व्यक्तिसम्म नै सल्किएको देखिएको हो ।  

हर्क साम्पाङले चारघण्टा अगाडि सामाजिक सञ्जालमा एउटा पोस्ट हाल्दै बालेनकै कारण आफ्नो बाटो छेकिएको आशयको अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।  

उनले बालेनलाई संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने ‘डरपोक’को संज्ञा समेत दिएका छन् । उनले बालेनजस्ता मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले निकास र विकास नपाएकोसम्मको आरोप समेत लगाउन भ्याएका छन् । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

‘संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक, आफूलाई जिम्मा लगाएको अभिमत अरुलाई दिइपठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरुले काँधमा बोकिदिवोस् भन्ने किसिमको मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले न निकास पायो न बिकास !’ हर्कले लेखेका छन् ।  

जेनजी आन्दोलनबाट सत्ता घूँडा टेकेपछि अहिले अन्तरिम सरकार गठनको प्रयास भइरहेको छ । यो क्रममा आन्दोलनरत जेनजीहरुले अन्तरिम सरकारको नेतृत्व बालेन शाहले गर्नुपर्ने आवाज उठाइरहेका छन् । तर, बालेनले भने आफूमा आएको अभिमत पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई सार्दै अन्तरिम सरकार प्रमुखको रुपमा उनलाई नै समर्थन गर्ने सार्वजनिक घोषणा हिजो साँझ गरेका थिए । हर्कले यही प्रवृतिको आलोचना गरेका हुन् ।  

जेनजी आन्दोलनअघिसम्म हर्क र बालेनबीच सौहाद्रपूर्ण मित्रता थियो । दुवै एकअर्काको प्रशंसा गर्ने गर्थे । तर जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण सरकारको नेतृत्व लिनेसम्मको अवसरलाई लिएर दुवैबीच फाटो उत्पन्न भएको स्पष्ट रुपमा देखिएको छ । 

जेनजी पुस्ताहरुले आदर्श मानेका दुई युवा नेताबीच नै फाटो आएपछि यसले तल्लो स्तरसम्म फूट ल्याउनसक्ने र यसकै कारण जेनजी अभियान कमजोर बन्नसक्ने भन्दै धेरैले बालेन र हर्कलाइ मिलेर अगाडि बढ्न सुझाव दिएका छन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.